०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

अपाङ्गता भएका महिला र किशोरीका सवालसम्बन्धी प्रदेशस्तरीय गोष्ठी सम्पन्न

Logo
आकृति रानी फुयल प्रकाशित बिहिबार, कार्तिक २९, २०८१

कार्तिक २९,  विराटनगर ।  अपाङ्गता भएका महिलाहरुको महासंघ नेपाल (FWDN) ले बुधबार बिराटनगरमा एक दिने प्रदेशस्तरीय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। “अपाङ्गता भएका महिला तथा किशोरीको सवालहरुको पहिचान गरी विविधताको सम्मान गरौँ” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो।

अपाङ्गता अधिकार कोषको सहयोगमा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाहरूको सहभागिता रहेको थियो। आदिवासी जनजाति अपाङ्ग महिला संघ, दलित अपाङ्गता भएका व्यक्तिहरुको संघ, नेत्रहीन महिला संघ लगायत संस्थाहरू सहआयोजक रहेका थिए।

महासंघकी अध्यक्ष निर्मला धितालका अनुसार कार्यक्रममा १३ जिल्लाका ३५ जना सहभागी थिए। उनीहरूमा शारीरिक, बौद्धिक, दृष्टि, सुनाइ तथा बोलाई र मनोसामाजिक अपाङ्गता भएका महिलाहरू सामेल थिए।

राष्ट्रिय बहिरा महासंघ नेपालका महासचिव सिताराम ओझाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पाँच समूहमा विभाजन गरी छलफल गराइएको थियो। अध्यक्ष धितालले सिड महासन्धिको बारेमा जानकारी गराउँदै छायाँ प्रतिवेदन र यसको प्रक्रियाबारे सहजीकरण गरेकी थिइन्।

कार्यक्रमको समापनमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कोशी प्रदेशकी पूर्व अध्यक्ष तथा अपाङ्गता अभियानकर्मी पार्वता श्रेष्ठले आफ्ना सवालहरू उठाउन सक्नुपर्ने र कमजोरीलाई पन्छ्याएर अघि बढ्नुपर्ने कुरामा जोड दिइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]