०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

लैङ्गिक हिंसाविरुद्ध बिराटनगरमा बृहत् जागरण र्‍याली

Logo
आकृति रानी फुयल प्रकाशित मंगलबार, मंसिर ११, २०८१

विराटनगर, मंसिर ११ ।
बिराटनगर महानगरपालिकाको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको पहिलो दिन सोमबार विशेष कार्यक्रम सम्पन्न भएको छ। “हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसाको अन्त्यका लागि एकता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा पञ्चेबाजासहितको बृहत् जनचेतनामूलक र्‍याली निकालिएको थियो।

गैसस महासंघ कोशी प्रदेश, मानव अधिकार सञ्जाल र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को समन्वयमा आयोजित र्‍यालीमा अपाङ्गता क्षेत्रका संघसंस्था, विद्यालय, राजनीतिक दल, नगर बाल सञ्जाल र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

महानगर परिसरबाट सुरु भएको र्‍याली सिडियो कार्यालय, हस्पिटल चोक, जलजला रोड हुँदै महेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा महानगर प्रमुख नागेश कोइरालाले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको समापनमा उपप्रमुख तथा न्यायिक समिति संयोजक शिल्पा निराला कार्कीले लैङ्गिक हिंसाबाट पुरुष पनि पीडित हुने गरेको उल्लेख गर्दै पीडितहरूलाई न्यायिक समितिमा सम्पर्क गर्न आग्रह गर्नुभयो। उहाँले न्यायिक समिति पीडितलाई न्याय दिन प्रतिबद्ध रहेको बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]