२६ चैत्र २०८१, बुधबार
09-04-2025 , Wed
Gold Silver Price (26 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 173900
Silver 1 Tola Nrs. 1845

सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, मंसिर २७, २०८१

विराटनगर, म‌सिर २७ ।  नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा हराएको छ । एनपीएल इतिहासकै पहिलो सुपर ओभरमा पोखराले विजयी सुरुवात गरेको हो ।

निर्धारित २० ओभरको खेलमा दुवै टिमले समान १३९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखराले रेइफरको विस्फोटक ब्याटिङमा २ छक्का र एक चौकाको मद्दतले १८ रन बनायो । रेइफरले निर्धारित खेलको अन्तिम बलमा छक्का प्रहार गरी खेललाई सुपर ओभरमा पुर्‍याएका थिए ।

१९ रनको लक्ष्य पछ्याएको विराटनगरले एक विकेट गुमाएर ५ रन मात्र बनाउन सक्यो । पोखराका लागि सुपर ओभरमा रेइफरले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे । उनको सर्वपक्षीय प्रदर्शनको बदौलत पोखराले रोमाञ्चक जित निकाल्न सफल भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

मोरङ,२६ चैत । मोरङको केराबारीबाट प्रहरीले ३ नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ पक्राउ परेका उनीहरुलाई वन्यजन्तु चोरीसिकारीमा संलग्न रहेको आरोप लगाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएको अवस्थामा केराबारी–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

Close
Close