०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

जोशी काँग्रेस क्षेत्र नं ६ (ख) को कोषाध्यक्षमा मनोनित

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, पुष ०९, २०८१

विराटनगर,९ पुष । काँग्रेसका युवा नेता प्रबिण जोशी नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश (ख) को कोषाध्यक्षमा मनोनित भएका छन् । उक्त क्षेत्रका सभापति मधुबाबु तिवारी र सचिव माधवराज भण्डारी (विमल) ले मनोनित गरेको पत्र शुक्रबार जोशीलाई प्रदान गरेका थिए ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन विराटनगरका अध्यक्ष ,समाजसेवी एबं सफल ब्याबसायी समेत रहेका जोशी विराटनगरका युवामाझ लोकप्रिय छन् । यो क्षेत्र डा.शेखर कोइरालाको क्षेत्र पनि हो । यो क्षेत्रमा जोशीलाई जिम्मेबारी प्रदान गरिनुलाई महत्वका साथ हेरिएको छ । उनी मनोनित भएसंगै कार्यकर्तामाझबाट सामाजिक सन्जालमा शुभकामनाको ओइरो लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]