०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

एक वर्षमै एमडीआरटी बन्न सफल सिटिजन लाइफका धामी

Logo
निरज बस्नेत प्रकाशित बुधबार, पुष २४, २०८१

काठमाडाै‌ं, पुष २४ । सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर अमरलाल धामीले आफ्नो कार्यकुशलता र प्रतिबद्धताको माध्यमबाट संस्थाको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्‍याएका छन्। स्नातक तहसम्मको शिक्षा हासिल गरेका धामीले कम्पनीमा आबद्ध भएको एक वर्षमै एमडीआरटीको उपलब्धि हासिल गरेका छन्। उनले बीमा क्षेत्रका चुनौती र अवसरहरूलाई व्यवहारिक रूपमा सम्बोधन गर्दै आएका छन्।

बीमा क्षेत्रका विभिन्न चुनौतीहरू र अवसरहरूलाई धामीले सधैं व्यवहारिक रूपमा सामना गरेका छन्। उनले बीमा कम्पनीको सुरक्षा, बचत र आर्थिक मेरुदण्डको जोखिमलाई केवल भाषणमा मात्र सीमित नराखी व्यवहारमा उतार्न सफल भएका छन्। यसको प्रमाण उनको दैनिक कार्यशैलीले नै पुष्टि गर्छ।

धामीका अनुसार संस्थाको सकारात्मक कार्य संस्कृति र कर्मचारीहरूको मैत्रीपूर्ण व्यवहारले उनलाई थप प्रेरणा मिलेको छ। उनी बीमा व्यवसायका साथै सामाजिक कार्यमा पनि सक्रिय छन्। आफ्नो सरल स्वभावका कारण उनी सबैको दुःख-सुखमा साथ दिन तत्पर रहन्छन्। धामीले सबैसँग सहकार्य गरी अघि बढ्न चाहेको बताएका छन्।

साधारण किसान परिवारबाट आएका धामी आज सिटिजन लाइफ इन्स्योरेन्समा एक सफल बीमा व्यवसायीका रूपमा स्थापित भएका छन्। उनको मेहनत र लगनशीलताले आज संस्थामा विशिष्ट स्थान बनाएको छ। धामीको कार्यशैली र सफलताले बीमा क्षेत्रमा करियर बनाउन चाहनेहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]