२३ माघ २०८१, बुधबार
05-02-2025 , Wed
Gold Silver Price (23 Magh 2081, Wed)
Fine Gold 1 Tola NRs. 167400
Silver 1 Tola Nrs. 1990

विराट गोल्डकपका संयोजक रिजालद्वारा खेलमैदान निरीक्षण

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, माघ २३, २०८१

विराटनगर,२३ माघ । विराट गोल्डकप फुटबल प्रतियोगिता गराउने जिम्मेवारी पाएकै दिन उद्योगी नविन रिजालले शहीद रंगशालाको अनुगमन गरेका छन् । विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीको अध्यक्षतामा मंगलबार बसेको बैठकले मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजाललाई फुटबल प्रतियोगिता गराउने जिम्मेवारी दिएको छ ।

मंगलबार विराट गोल्डकप फुटबल प्रतियोगिताको संयोजकको जिम्मेवारी पाएका रिजालले खेलमैदानको तत्काल निरीक्षण  गरेका थिए । अब मोरङ उद्योग व्यापार संघको टिमले निवर्तमान अध्यक्ष रिजाल संयोजक रहेको विराट गोल्डकप फुटबल प्रतियोगिता गराउने छ ।

संयोजक रिजालले २०८१ फागुन १९ देखि २८ गतेसम्म विराटनगर स्थित शहीद रंगशालामा दिवा खेल संगै फ्लड लाइटमा रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गर्ने गरी काम गर्ने बताए । अघिल्लो वर्ष विराट गोल्डकप फुटबल ट्रष्ट विराटनगर आफैले प्रतियोगिता आयोजना गर्दा भने घाटा बेहोरेको थियो । ट्रष्टले आर्थिक पाटोलाई पनि  ढिलो गरि सार्वजनिक गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, माघ  २३ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा मुख्यमन्त्री आदित्यनाथसँगै भुटानी राजा जिग्मे खेसर नामग्याल वांगचुकले पनि संगमस्थलमा डुबुल्की लगाएका छन्। भुटानी नरेशले गंगा पूजा र आरती गरेका थिए। त्यसपछि अक्षयबटधाम तथा लेटे हनुमानको पनि दर्शन तथा पूजा गरेका थिए। योगी आदित्यनाथ भुटानी राजालाई लिएर लखनउबाट विमानमा बमरौली एयरपोर्ट पुगेका थिए। त्यहाँबाट सडकमार्ग […]

विराटनगर,२३ माघ । विराट गोल्डकप फुटबल प्रतियोगिता गराउने जिम्मेवारी पाएकै दिन उद्योगी नविन रिजालले शहीद रंगशालाको अनुगमन गरेका छन् । विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीको अध्यक्षतामा मंगलबार बसेको बैठकले मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजाललाई फुटबल प्रतियोगिता गराउने जिम्मेवारी दिएको छ । मंगलबार विराट गोल्डकप फुटबल प्रतियोगिताको संयोजकको जिम्मेवारी पाएका रिजालले खेलमैदानको तत्काल […]

काठमाडौं ,२२ माघ ।  सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन सूचना जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता हुन भनेको हो । साथै कम्पनी नेपालमा दर्ता गर्न र सम्पर्क व्यक्ति तोक्नसमेत भनेको छ । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई […]