०६ पुष २०८१, शनिबार
21-12-2024 , Sat

मधेशी समाज दक्षिण कोरियाले पायो नँया नेतृत्व

अर्विन्द मेहता अक्ष्यक्षमा
Logo
प्रकाशित मंगलबार, भाद्र ३१, २०७६

दक्षिण कोरिया, (सिओल) भाद्र ३१
मधेशी समाज दक्षिण कोरियाले नँया कार्यसमिति गठन गरेको छ । नँया कार्यसमितिमा अर्विन्द मेहता अक्ष्यक्षमा चयन भएका छन् । त्यस्तै ब.उपाध्यक्षमा शुशिल पटेल, उपाध्यक्षमा विशाल चौधरी, सन्जिब साह चयन भएका छन् । महासचिवमा कृष्ण कुमार सिंह, सहसचिवमा अमन गुप्ता , कोषाध्यक्षमा अरुण गुप्ता, सह कोषाक्ष्यक्षमा सन्जिव महतो चुनिएका छन् । मिडिया संचालकमा नरेश मेहता, सदस्यहरुमा स्पोती महतो, मनोज महतो, जया राज श्री चुनिएका छन् । त्यस्तै सल्लाहाकारहरुमा ललित कुमार यादव, विक्रान्त विक्रम, रामपुकार ठाकुर, दिनेश महतो, चन्द्र नारायण यादव छानिएका छन् ।
संरक्षकमा मुकुन्द कर्ण कार्यसमिति संयोजक रामकुमार यादव चुनिएका छन् ।
उक्त कार्यसमितिले कोरियाको महान पर्व छुसक (२०१९) लाई अवसर पारी पर्यटकीय भ्रमण तथा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरेको छ । कार्यक्रममा सांगितिक एवम् साहित्यिक कला प्रस्तुतिहरू समेत भएका छन् ।
सेप्टेम्बर १७ तारिक नयाँ कार्यसमितिको गठन एवम् स्वागत तथा विदाई कार्यक्रम सम्पन्न साथै विभिन्न सांगितिक एवम् साहित्यिक कला प्रस्तुतिहरू भएको थियो ।
कार्यक्रममा कलाकारहरू मिना सुनुवार (गीत तथा नृत्य), प्रकाश मेहता (नृत्य), राजेश महतो (नृत्य), रामकुमार मेहता (गीत), कृष्णकुमार सिंह (गजल वाचन), संगम कोईरला (गीत), अरुण मेहता (गीत तथा हास्यव्यंग्य), नवीन कुश्वाहा (गीत) एवम् बिक्रांत बिक्रम कर्ण (गजल तथा नृत्य) ले आआफ्नो प्रस्तुति दिएका थिए । यसका साथै कार्यक्रममा कोरिया तथा संस्थामा नवप्रवेशी मित्रहरूलाई स्वागत तथा आफ्नो कार्यअवधि समाप्त गरी स्वदेश फर्किनुहुने साथीहरूलाई सम्मानका तथा विदाई पनि गरिएको थियो । साथै स्थापना कालदेखि सल्लाहकारको रूपमा रहनु भएका मुकुंदकुमार कर्ण लगायत सम्पूर्ण कलाकार हरूलाई पनि अविर टिका, खादा र सम्मान(पत्रले सम्मानित गरिएको थियो । त्यसैगरी संस्थाको निवर्तमान अध्यक्ष एवम् सल्लाहकार श्याम महतो आफ्नो कार्यकाल सकेर स्वदेश फर्किने हुनु भएकोमा वहाँलाई विशेष सम्मान र आगामी भविष्यको शुभकामनासहित विदाई गरिएको थियो । उक्त कार्यक्रमलाई अरुण मेहता र ज्योति मेहताको टोलीले संचालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजेश शर्मा जोगबनी (भारत), आसोज २६ दाइजो नदिएको कारण एक नेपाली चेलिलाई भारतमा बेपत्ता बनाइएको छ । नेपालको विराटनगर पञ्चमुखी चौक बस्ने मानिक चन्द सहनीको २२ वर्षीय छोरी रञ्जुदेवि सहनी (बहरदार) ससुरालबाटै बेपत्ता भएकी हुन् । भारतको बिहारस्थित जोगबनी भेडियारी सुसाराली रहेको ति नेपाली चेलालाई बारम्बार दाईजोको न्युमा ससुरालीले यताना दिने गरेको मईती पक्षको भनाई […]

काठमाडौँ, असोज १३ दुबईमा सडक दुर्घटनामा परी ६ जना नेपालीको ज्यान गएको छ । उक्त दुर्घटना थप दुई जना गैर नेपालीको पनि मृत्य भएको छ । दुर्घटनामा अन्य ६ जना समेत घाइते भएका छन् । घाइतेहरु भने नेपाली नागरिक होइनन् । मोहम्मद विन जायद सडकमा नेपाली कामदारलाई बोकेको माइक्रो ट्रकमासँग गएर ठोकिदा उक्त दुर्घटना हुने […]

दक्षिण कोरिया, (सिओल) भाद्र ३१ मधेशी समाज दक्षिण कोरियाले नँया कार्यसमिति गठन गरेको छ । नँया कार्यसमितिमा अर्विन्द मेहता अक्ष्यक्षमा चयन भएका छन् । त्यस्तै ब.उपाध्यक्षमा शुशिल पटेल, उपाध्यक्षमा विशाल चौधरी, सन्जिब साह चयन भएका छन् । महासचिवमा कृष्ण कुमार सिंह, सहसचिवमा अमन गुप्ता , कोषाध्यक्षमा अरुण गुप्ता, सह कोषाक्ष्यक्षमा सन्जिव महतो चुनिएका छन् । […]