१९ चैत्र २०८१, बुधबार
02-04-2025 , Wed
Gold Silver Price (19 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 180200
Silver 1 Tola Nrs. 2050

नेपालमा ६८ हजार नयाँ क्षयरोगी

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, चैत्र १०, २०८१

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै उपचारको पहुँचमा छैनन् ।

किन उपचारको दायरामा उनीहरु आएनन त रु केन्द्रका निर्देशक डा। श्रीराम तिवारीका अनुसार पर्याप्त स्रोतको अभाव तथा क्षयरोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य नहुँदा उपचारको पहुँच भन्दा बाहिर हुनेको संख्या ठूलो देखिएको छ ।

‘पर्याप्त स्रोतको अभाव तथा क्षयरोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य नहुँदा क्षयरोग लागेकाहरु लुकेरै बसेका छन, रोग लागेपछि हुने आर्थिक भारको डरलेसमेत धेरै क्षयरोगी खुलेर उपचारमा नआएको अवस्था छ,’ निर्देशक तिवारीले आइतबार केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा भने ।

उनका अनुसार लुकेर बसेकाहरुलाई पनि खोजेर उपचारको दायरामा ल्याउन प्रयास भैरहेको छ । त्यसका लागि स्थानीय तहसम्म क्षयरोग उपचारसँग सम्बन्धित कार्यक्रम पुर्याइएको छ । डा. तिवारीका अनुसार नेपालमा क्षयरोग लाग्ने महिला भन्दा पुरुषको संख्या बढी छ। गत वर्षको तथ्यांकलाई हेर्ने हो भने उपचारमा आएका ४० हजार ७७६ जनामध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला छन। यस्तै ८.६ प्रतिशत १४ वर्ष भन्दा तल उमेरका बालबालिका छन। उनीहरुले नियमित औषधि सेवन गरिरहेका छन् ।

औषधि सेवन गरिरहेकामध्ये पनि ०–१४ वर्ष उमेरका ८.६ प्रतिशत छन् । यस्तै १५ देखि ६४ वर्ष उमेर समुहका ६८ प्रतिशत ब्यक्तिलाई क्षयरोग लागेको देखिन्छ भने ६५ वर्ष माथिका २३ प्रतिशतले औषधि सेवन गर्दै आइरहेका छन् ।

केन्द्रका अनुसार नेपालमा क्षयरोगबाट एक वर्षमा १६ हजार ब्यक्तिको मृत्यु हुने गरेको छ । जसको मृत्युदर प्रति एकलाखमा ५४ हो । नेपालले सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्म क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्य राखेको छ । क्षयरोग अन्त्यका लागि वजेट भने पर्याप्त नभएको केन्द्रका निर्देशक तिवारी बताउँछन् ।

‘सन् २०२१ देखि २०२६ गरी पाँच वर्षका लागि क्षयरोग कार्यक्रमको बजेट १९२ मिलियन अमेरिकी डलर रहेको भनिएपनि ११० मिलियन डलर मात्रै उपलब्ध छ । अर्थात ४३ प्रतिशत बजेट अझै अभाव देखिन्छ ।’ डा तिवारीले पत्रकार सम्मेलनमा भने ।

क्षयरोग प्रभावित ५१ प्रतिशत नागरिकलाई यस रोगको कारण ठूलो आर्थिक भार खेप्नु परेको र सोही कारण लक्ष्यप्राप्तीमा समस्या हुने गरेको डा. तिवारी बताउँछन् । रोग लाग्नेको संख्या बढ्दो देखिएपनि उपचारमा जानेहरुको रोग निको हुने दर पनि नेपालमा उच्च छ । औषधि सेवन गरेर क्षयरोग लागेपछि पूर्ण रुपमा निको हुने अर्थात सफलता दर ९२ प्रतिशत भन्दा माथि रहेको अस्पतालका डा. नविनप्रकाश साहले जानकारी दिए ।

डा. साह पनि ठूलो संख्यामा बिरामीहरु उपचारमा नआउदा समस्या बढेको बताउँछन् । यो अवस्थालाई रोक्न नयाँ संक्रमित र त्यसबाट मृत्यु हुनेक्रमलाई न्युनिकरण गर्न केन्द्रले हरसम्भव प्रयास गरिरहेको उनी बताउँछन् ।

कार्यक्रममा अस्पतालका डा. नविनप्रकाश साहले भने सेन्टरले अभावका वावजुत सेन्टरले धेरै कामहरु अघि बढाई रहेको बताए । ‘उपचारका लागि स्वास्थ्य संस्था थपिएका छन्, उपचारको पहुँच बृद्धि भएको छ, परीक्षण गर्ने नयाँनयाँ विधिहरु थपिएका छन्, तीन तहका सरकारबीच समन्वय गरेर कार्यक्रमहरु अघि बढ्दैछ, यसले पक्कै पनि नतिजा राम्रो दिनेछ,’ उनले भने ।

क्षयरोग लागेपछि पूर्णरुपमा निको पार्न ६ महिना नियमित औषधि सेवन गर्नुपर्ने उनी बताउँछन् । यस्तै क्षयरोग लाग्नुभन्दा अघि नै आवश्यक सावधानी अपनाउँदा पनि रोग लाग्नबाट वचन सकिने उनको भनाइ छ ।

नेपालभर क्षयरोग उपचारका लागि ६२४१ स्वास्थ्य संस्थाहरु र निदानका सेवाहरु ८ सय स्वास्थ्य संस्थामा निशुल्क उपलब्ध छन् । यस्तै नेपालमा क्षयरोग नियन्त्रणका लागि ६७ जिल्लाका ११७ स्थानमा आधुनिक प्रविधिबाट द्रुत रुपमा खकार परीक्षण हुन्छ । क्षयरोगको उपचार र औषधि निशुल्क रुपमा प्रदान गर्ने गरिएको छ । विश्व क्षयरोग दिवस–२०२५ को पूर्व सन्ध्या पारेर राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलन आयोजना गरेर नेपालमा क्षयरोगको वर्तमान अवस्था बारे जानकारी गराएको हो । विश्वभर २४ मार्चलाई क्षयरोग दिवसका रुपमा मनाइने गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१९ चैत । साथीलाई गोली लागेको विरोधमा कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। क्याम्पसमा बीबीएस तेस्रो बर्षमा अध्ययन गरिरहेकी विद्यार्थी रेविका खत्रीलाई गत चैत १५ गतेको आन्दोलनमा आफ्नै निवास नजिक गोली लागेको र अस्पतालको सघन उपचार कक्षमा उपाचार भइरहेको विद्यार्थीले बताएका छन्। उनको न्यायका लागि र दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै विद्यार्थीहरू आन्दोलित […]

काठमाडौं १५ चैत ।  आज काठमाडौंमा एकसाथ गणतन्त्र पक्षधर र पूर्वराजा समर्थकले प्रदर्शन गर्ने भएका छन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको हो । देशमा प्रतिगामी तत्वहरुले टाउको उठाउन खोजेको भन्दै उनीहरु व्यवस्था जोगाउन र सरकारको गलत क्रियाकलापको खबरदारीका रुपमा सडकमा […]

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]