
विराटनगर, १२ चैत । मोरङ प्रहरीले विराटनगर यातायात कार्यालय अगाडि बिचौलियाको रूपमा काम गर्ने १२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीका अनुसार सेवाग्राहीलाई ठगी गरेको गुनासो आएपछि यी व्यक्तिहरू पक्राउ गरिएका हुन्।
पक्राउ परेकाहरूमा विराटनगर महानगरपालिका-३ का ४१ वर्षीय सञ्जीव कोइराला, सोही वडाका २४ वर्षीय राजेश खड्का, २५ वर्षीय गौरव कुमार माझी र ३७ वर्षीय राजु कोइराला छन्। त्यस्तै दुहबी नगरपालिका-११ का २७ वर्षीय युवराज लम्साल, विराटनगर महानगरपालिका-५ का ३१ वर्षीय अनिल बस्नेत, विराटनगर महानगरपालिका-४ का २२ वर्षीय राजीव मण्डल, बर्जु गाउँपालिका-६ का २७ वर्षीय प्रवीण कुमार थन्दार, कटहरी गाउँपालिका-१ का ३७ वर्षीय भागवत राजबंशी, बुढिगंगा गाउँपालिका-२ का ५० वर्षीय उदय कार्की, बुढिगंगा गाउँपालिका-१ का २१ वर्षीय सुनील दाहाल र विराटनगर महानगरपालिका-३ का २९ वर्षीय अजय कुमार मण्डल रहेका छन्।
पछिल्लाे समय बिचौलियाहरूसँगको मिलेमतोमा यातायातकाे कर्मचारीहरूले सेवाग्राहीबाट माेटाे घुस लिने गरेको जनगुनासाे समेत छ। यस विषयमा प्रहरीलाई अनुसन्धान गर्न चर्को दवाब पनि रहेको छ। तर पहिलेका अधिकांश अनुसन्धानहरू प्रभाव र मिलेमतोका कारण कर्मचारीकाे विषयमा प्रहरी चुपचाप रहेकाे पाईएकाे छ ।