२४ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
Gold Silver Price (22 chaitra 2081, FRI)
Fine Gold 1 Tola NRs. 176900
Silver 1 Tola Nrs. 1885

पारस खड्का बने टी–२०मा शतक प्रहार गर्ने पहिलो नेपाली क्रिकेट खेलाडी

त्रिकोणात्मक टी–ट्यान्टी सिरिजमा सिंगापुरमाथि नेपालको सानदार जित
Logo
प्रकाशित शनिबार, आश्विन ११, २०७६

खेम पौडेल
काठमाडौं, आसोज ११
त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले सिंगापुरमाथि जित हात पारेको छ । कप्तान पारस खड्काको कीर्तिमान शतकमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको हो । यससगै टी–ट्वान्टी अन्तर्रा्ष्ट्रिय क्रिकेटमा पारस नेपालका लागि पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।
उनले ५२ बलमा नटआउट १ सय ६ रन बनाएका थिए । उनलाई आरिफले ३९ रनमा अविजित रहदै साथ दिएका थिए ।
टस जितेर पहिलो ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । नेपालका लागि करण केसीले २ विकेट हात पारे थिए भने डेब्यु खेलाडी सुशन भारीले १ विकेट लिएका थिए । नेपाल पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । सिरिज अन्तर्गत नेपालले मंगलबार पुनः जिम्वाबेसँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]

विराटनगर, फागुन २६ । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले […]

विराटनगर, फागुन २४ । चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई २–० गोलको जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । यो खेलसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि नेपाल पुलिस, थ्रीस्टार र विभागीय टिम […]

Close
Close
Close