काठमाडौँ, असोज १३
दुबईमा सडक दुर्घटनामा परी ६ जना नेपालीको ज्यान गएको छ ।
उक्त दुर्घटना थप दुई जना गैर नेपालीको पनि मृत्य भएको छ । दुर्घटनामा अन्य ६ जना समेत घाइते भएका छन् । घाइतेहरु भने नेपाली नागरिक होइनन् ।
मोहम्मद विन जायद सडकमा नेपाली कामदारलाई बोकेको माइक्रो ट्रकमासँग गएर ठोकिदा उक्त दुर्घटना हुने पुगेको थियो । दुर्घटना सोमबार बिहानको करिब ५ भएको थियो ।
नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा दीपक बिक, नयराम साउद, नारायाणप्रसाद पोखरेल, कृष्णबहादुर पुन, दानबहादुर सत्याल र रमेश चौधरी रहेका छन् । तर उनीहरुको ठेगाना भने खुलेको छैन् । ती सबै नेपाली दुबाईमा सुरक्षागार्डको काम गर्थे । उनीहरु फस्ट सेक्युरेटी कम्पनीमा आवद्ध रहेको बताईएको छ । उनीहरुलाई डिउटीका लागि कार्यस्थल लगिदै थियो ।
मृतकको शवलाई रसिद अस्पतालबाट शव गृहमा सारिएको बताईएछ ।