०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

विश्व शान्ति दुत बन्दै विराटनगरका चाँद बाबू ईराकी

Logo
प्रकाशित सोमबार, आश्विन २०, २०७६

विराटनगर, असोज २०
सामाजिक कार्यमा सर्मपित भारतको ख्वाब फाउडेशनलले विराटनगरका युवा अभियानकर्मी चाँद बाबू इराकीलाई विश्व शान्ति दुतको पदवी दिने भएको छ । यही अक्टोवर १५ तारिक बिहारको पुर्वीय चम्परनमा फाउडेशनले आयोजना गर्न लागेको दुई दिने ग्लोबल गान्धी पिस कन्फरेन्समा इराकीलाई उक्त पद्धवी प्रधान गरिने बताईएको छ ।
ख्वाब फाउडेशनले इराकलाई इमेलमार्फत उक्त कार्यक्रममा सरिक हुन र पद्धवी गह्रण गर्न निमन्त्रणा पठाएको छ । उक्त कार्यक्रम महात्मा गान्धीको १५० औं जन्मजयन्तीलाई लक्षित गर्दै आयोजना गरिएको फाउण्डेशनले बताएको छ । कार्यक्रमा विभिन्न २० मुलुका १ सय ५० भन्दा बढी प्रतिनिधिले सहभागीता जनाउने बताईएको छ ।
यस अघि पनि ख्वाब फाउण्डेसनले इराकीलाई ‘कलाम युथ लिडरसीप अवार्ड–२०१९’ बाट सम्मानित गरिसकेको छ । उनलाई सामाजिक काम र युवा शसक्तिकरणमा योगदान पुर्याए बापत सो अवार्ड प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]