०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

विराटनगरमा भव्य कन्सर्ट हुदै, सबिन राई पनि आउने

Logo
प्रकाशित शुक्रबार, आश्विन २४, २०७६

विराटनगर, असोज २४
लाईभ इन्टरटेन्मेन्टको आयोजनामा विराटनगरमा भव्य कन्सर्ट हुने भएको छ । बिराटनगर म्युजिक फेस्टिबलको नाम दिई हरेक वर्ष आयोजना हुदै आएको उक्त कार्यक्रमको यो पाँचौ संस्करण हो । विराटनगरको जैन भवनमा यही कार्तिक ८ उक्त कार्यक्रम हुने बताईएको छ ।
कन्सर्टमा गायक सबिन राई एण्ड फ्यारो ब्याण्ड , भ्वाईस अफ नेपाल सिजन वानमा दोश्रो भएका बिराटनगरका शृजय थपलिया र ब्यान्ड तथा नेपाल आईडल सिजन टु कि टप इलाभेन हिना मल्ल र बदमाश ब्यान्ड लगायतको प्रस्तुती रहनेछ । उक्त कार्यक्रमलाई सगरमाथा टेलिभिजनकी भिजे पुजन थापाले होस्ट गर्ने भएकी छिन् ।
कार्यक्रममा बिराटनगर कै ग्रिन लिफ ब्यान्डको समेत प्रस्तुति रहने छ । त्यस्तै विराटनगरका संगीतकर्मीहरुको सामुहिक प्रस्तुती हुने बताईएको छ। साथै , कार्यक्रममा फुड ट्रक साथै अन्य बिभिन्न आकर्षण रहेको आयोजक सन्तोष महत (स्यान्ट्रो) ले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]