०६ मंसिर २०८१, बिहिबार
21-11-2024 , Thu

अनि मुटु दुख्छ……

Logo
प्रकाशित शनिबार, आश्विन २५, २०७६

  ✍ सुजन दाहाल

पूर्विय दर्शनको सामाजिक विशेषता भनेको बन्द समाज हो । यस्तो समाजको अन्तरक्रिया विभिन्न क्षेत्र र पक्षहरुसंग हुन्छ । समाज विकासको क्रममा मानिसहरुले विभिन्न कुराहरुसंग अन्तक्रिया तथा व्यवहार गर्नु पर्ने बाध्यात्मक परिस्थिती रहन्छ । त्यसमा पनि मानिसले गर्ने शारीरिक अङ्गहरु संगको व्यवहार तिनिहरु संग सम्वन्धित शब्दहरुको उत्पती र अभ्यासको सिलसिलामा विभिन्न प्रकार र प्रकृतिका व्यवहार र आचरण हुन्छन ।
महान बैज्ञानिक अल्बर्ट आइन्सटाइनको थेउरी अफ रिलेटिभिटी भन्ने सिद्धान्त अनुसार कुनै पनि कुराको बराबर महत्व र भूमिका रहन्छ भन्ने हो । मानिसको शरीररमा विभिन्न अङ्गहरु छन् । सवै अङ्गहरुको उत्तिकै महत्व हुनु पर्दछ । तर सवै अङ्गहरु उक्तिकै महत्वपूर्ण छन् भनी सो अनुसारको आचरण र व्यवहार गर्न सकेकोे देखिदैन । मानिसको शरीरमा धेरै अङ्गहरु छन् जस्तैः आखा, नाक, मुख, कान, मुटु, कलेजो, फोक्सो, मृगौला, हात, खुट्टा आदी आदी । तर मानिसले शरीरका यस्ता अङ्गहरुमा केही अङ्गलाई आवश्यकता भन्दा बढी प्राथमिकता र महत्व दिएर आइन्सटाइनको सिद्धान्तलाई न्याय गरेको देखिदैन ।
शरीरका यस्ता अङ्गहरु मध्ये धेरै महत्व र चर्चा पाएको अङ्ग हो आँखा । आँखा शरीरको महत्वपूर्ण अङ्ग हो जसले संसार देखाउने काम गर्छ । आँखालाई बडी ल्याङल्वेजको प्रमुख अङ्गको रुपमा पनि बुझिन्छ । आँखाको छेउमा नाक छ त्यसको पनि भूमिका महत्वपूर्ण छ तर आँखाको मात्र सामाजिक चर्चा किन ? कवि, लेखक वा प्रेममा पर्नेहरुले आँखालाई धेरै महत्वपूर्ण अङ्गको रुपमा चर्चा गर्दछन् । आँखाले गर्ने संकेतहरुका बारेका धेरै गीत, कविता, गजल, कथा, कोरिएका छन् । प्रेमी प्रेमिकाहरुको भाषाको माध्यम आँखा बनेको छ । त्यसमा पनि आखाले कसरी संवाद गर्छ, त्यसको पनि तरिका छ । एक आँखा झिम्काएमा त्यसले मायामा परेका युवा युवतीको सम्वाद लाई दर्शाउला या त एक व्यक्तिसंग बोल्दा अर्को व्यक्तिलाई डाट्न एउटा आँखा झिम्काइला, दुवै आँखा झिम्काएमा साना केटाकेटीलाई जिस्काएको बुझिएला ।
आँखा ठूला ठूला पारी हेरेमा रिसले हेरेको संकेत गर्ला । आँखा धारिलो पारी हेरेमा पख तलाई भनेको होला । आँखा सानो पारी चिम्रो पारी हेरेमा यस्तै त हो भनिएको होला । यसरी आँखाले कतिपय कुरा मुखले नबेली नै काम तमाम गरिदिन्छ । आखाँले माया र प्रेमको भाव, रिसको भाव, खुसीको भाव, स्वीकार र अस्वीकारको भाव आदी जस्ता कुराहरुमा सिधै अर्को व्यक्तिसंग सम्वाद स्थापित गर्दछ । उत्तिकैमा आँखाकै छेउछाउमा रहेका अरु महत्वपूर्ण अङ्गहरु आँखाको यस्तो चल्ती देखेर उदास हुन्छन होला, रिस गर्छन होला, इश्र्या गर्छन होला, विरत्तिन्छन् होला तर के गर्नु चलन नै यस्तै छ ।
त्यस्तै अर्को धेरै भन्दा धेरै चल्तीको अङ्ग हो मुटु । मुटुको आफ्नै महत्व छ । मुटु मानिसलाई वचाँइ राख्ने प्रमुख अङ्ग हो । यसका अलावा मुटुको चर्चा सामाजिक, भावनात्मक, सम्वेगात्मक र मनोवैज्ञानिक पक्ष सग पनि जोडेर गरिन्छ । आखिर मानिसको शरीरभित्र मुटु छ र मुटु संगै अरु अङ्गहरु पनि छन् । सवै अङ्गको काम मानिसलाई जिवित राख्नु हो । कुनै एक अङ्गमा गडबढी आएमा मानिस अस्वस्थ बन्दछ । तर हाम्रो समाजले कति न मुट नै सर्बोपरी हो बाँकी त तपशील मात्र हुन् भन्ने व्यवहार गरेको छ ।
मुटुलाई प्रेमको सिम्वोलका रुपमा लिने गरिन्छ । त्यो मुटुलाई गितकारले नि सम्झन्छ, कविले नि सम्झन्छ, लेखकले नि सम्झन्छ त्यो भन्दा बडी त माया र प्रेमका योगीहरुले मायाको प्रतिक र संकेतका रुपमा पुजा नै गर्दछन् । हाम्रो समाजको अभ्यास नै यो छ कि कसैलाई दुख परो भने मुटु दुखो भन्छन् , मुटु चिरियो भन्छन् ह्दय छियाछिया भो भन्छन् तर तिम्रो कुराले, तिम्रो विचारले, तिम्रो व्यवहारले मेरो कलेजो दुःखो, फोक्सो छिया छिया परो, कलेजो चिरियो कहिलै कसैले भनेको प्रायः सुनिदैन । माया र प्रेमका पूजारीले मुटुको चित्र बनाई साटासाट गर्छन तर कहिलै मृगौलाको चित्र बनाएर आदान प्रदान गरेको देखिदैन । ए बाबा त्यही मुटुलाई छोपेर राख्ने फोक्सोको बारेमा एक दुई वटा गीत कविता सायरी कथा कहिलेकाही लेखिदिए त हुन्थ्यो नि तर लेख्ने गरिदैन । के गर्ने समाजको अभ्यास नै यस्तै छ ।
आखिर शरीर भित्रका मुटु संगै टाँसिएर रहेका अन्य अङ्गहरुको चर्चा नगर्नु र ती अङ्ग माथी न्याय नगर्नु कति जायज छ ? तर यही त छ प्रश्न, छेउमै रहेको मुटुको रात दिन नथाकिकन चर्चा गरिदा, वाह! वाह! गरिदा किन हाम्रो गरिदैन भनेर अन्य अङ्गहरुले चित्त दुखाउदैनन होला ? यदी अनुभूति गर्न सक्ने भए ती अङ्गहरुले पक्कै चिक्त दुखाउथे होला, रिसले मुरमुरिन्थे होला, खुट्टा तान्थे होला । तर सुन्दर पक्ष के छ भने चर्चारहित याी अङ्गहरु महान छन्, शान्त छन् ।
धन्न शरीरका यी अङ्गहरुले नेपालीको प्रवृत्ति आचारण र व्यवहार सिकेका रहेनछन् । नेपालीले जस्तो एक आपसमा यी अङ्गले खुट्टा तान्न सिकेका रहेनछन् । अरुको उन्नती, प्रगती र सफलतामा रिस गर्न सिकेका भए के हुन्थ्यो भन्न सकिन्न, यदी सोही अनुसार आफ्नो रुप देखाएका भए नि सायद मानिसको मृगौला फेल मात्र हैन धेरै अङ्गले काम गर्न छोडथे होला । तर शरीरका अङ्गहरु इमान्दार छन्, निर्दोष छन्, जे सुकै भएनी आफनो काम कसैको रिस, राग, इश्र्या प्रभावमा नपरी ठिक ढंगले गर्छन र नै मानव जीवनको अस्तित्व बचेको छ, चलेको छ ।
कसैलाई भेदभाव गर्नु हुदैन, सवैको समाजमा बरावरी महत्व छ, अरुको महत्वलाई अवमुल्यन गर्न हुन्न, सदाचार, इमान्दार, उत्तरदायी, कर्तब्यनिष्ठ र अरुको स्वतन्त्रता र स्वाधिनता त्यस्तै अस्तित्वलाई ग्रहण गरी शान्त संग निर्भय र निडर भै शरीरका अङ्गहरुले जसरी एकिकृत स्वरुपमा निरन्तर कार्य गरिरहेका छन्, त्यसबाट केही सिक्ने हो कि ?

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

निरज बस्नेत भदाै १८ “आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार।” यहि स्टाटस हालेर बालेन शाह एकाएक पुनस् एकपटक भाइरल भएका छन् । उनको यो स्टाटसमा रातारात लाखौंको संख्यामा लाइक, कमेन्ट अनि शेयर आएको छ । यो पाली मात्र नभएर, यस्ता (यस्ता […]

✍मनु बुढाथोकी काठमाडौं, फागुन २ जनयुद्ध कालको स्मरण गर्दा स्कुले जिवन- कलिलो बाल मस्तिष्क अनि घर बाट पैदल लगभग ३० मिनेटको दुरीमा रहेको हाइ – स्कुलको याद आउछँ । त्यो बेला उदेयपुरमा स्कुल जांदा आउंदा आफ्ना टाउको माथिबाट डुडुडुडु गर्दै उडेका हेलिकप्टरका आवाजले यति त्रसित बनाउथ्यो कि,सोच्दा पनि यस्तो लाग्छ त्यो बाल मष्तिस्क भित्र कति […]

निरज बस्नेत विराटनगर, माघ ११ आफैलाई आगो लगाएर आफैलाई मार्नुसम्मको यो हदसम्मको काम कुनैपनि व्यक्तिले त्यतिकै पटक्कै गर्देन । यसमा धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । इलाम जिल्ला सूर्योदय नगरपालिकाका प्रेम आचार्यले संसद भवन अगाडी मंगलवार आफ्नै शरीरमा आफैलाई आगो लगाएँ । उसलाई बचाउँन धेरैले प्रयास गरे । कतिले पानी छर्के । कतिले कपडा […]