०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

नेपाल आईपुगे, चिनियाँ राष्ट्रपति सी

Logo
प्रकाशित शनिबार, आश्विन २५, २०७६

काठमाडौं, २५ असोज
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आईपुगेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् ।
राष्ट्रपति सी भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत साझको करिव ५ बजे काठमाडौं अवतरण गरेका हुन् ।
राष्ट्रपति सीलाई नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरुले विभानस्थलमै स्वागत गरेका छन् ।
चिनियाँ राष्ट्र प्रमुखको हैसियतले नेपालमा २३ बर्षपछि भएको यो एउटा ऐतिहासिक भ्रमण हो । राष्ट्रिपति सि ले आजै समकक्षी विद्यादेवीसँग भेटवार्ता गर्ने समेत रहेको छ । उनी आज र भोली नेपाल बस्नेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]