०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

झापाको फुलबारीमा मेला हेर्न पुगे डेढ लाख मान्छे

Logo
प्रकाशित सोमबार, आश्विन २७, २०७६

खेम पौडेल
झापा, आसोज २७
झापाको बाह्रदशी गाउँपालिका वडा नं ५ फुलबारीमा भव्यताका साथ दशै मेला सम्पन्न भएको छ । उक्त मेला बर्षेनी रुपमा फुलबारी चोकमा रहेको दुर्गा मन्दिर समितिले दशैको अन्तिम कोजाग्रत पुर्णिमाको दिन आयोजना गर्ने गरेको छ ।
यस बर्ष १ लाख ५० हजारको हाराहारीमा मानिसहरु मेला हर्न आएको बताईएको छ । कान्काईमाइ मेलापछि झापा जिल्लाकै दास्रो ठुलो मेलाको रुपमा चर्चा पाएको फुलबारी मेलामा झापा लगायत मोरङ,सुनसरी, सिराहा र इलामबाट मासिहरु आउने गरेको सिमितका अध्यक्ष सतनलाल हाडीको भनाई छ ।

सन्ताल नृत्य

मेलाको व्यापार

मेलाका संचार संयाजक जिवन धमलाले भारतको विहार र बंगालबाट पनि मासिहरु मेला हर्न आउने गरेको बताए । उनले यस पटक भारतवाट करिव ५ हजारभन्दा बढी मान्छे आएको अनुमान गरे ।
उक्त मेलाको मुख्य अकषर्णको रुपमा सन्ताल नृत्य प्रतिष्प्रर्धालाई लिने गरिएको छ । पहिले पहिले विषेशगरी राजवंशी र सन्थाल समुदायको मात्र बाक्लो उपस्थिती देखिने मेलामा पछिल्लो बर्षयता मुसलमान, जनजाती र आर्यन समुदायहरु पनिको सहभागता बढ्न थालेको बताईएको छ ।
स्थानिय उत्पादन कृषिजन्य पदार्थ, हस्तकला, खानेकुरा, खेलाउने बस्तुको मुख्य व्यापार हुने मेलामा साना ठुलागरी १ हजार व्यापारीले व्यापार ल्याउने गरेको समितिले बताएको छ । यस पटक उक्त मेलामा १ करोडभन्दा बढीको करोबार भएको बताईएको छ ।

तस्बीर आमसंचार डटकमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]