०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

विराटनगरमा गृहमन्त्रीको पुतला दहन

राजपाका सांसद साहलाई बिना शर्त रिहाइ गर्न माग
Logo
प्रकाशित बिहिबार, आश्विन ३०, २०७६

विराटनगर, असोज ३०
बिराटनगर राष्ट्रिय जनता पार्टी (राजपा)ले बिहिवार सांझ संघीय गृहमन्त्री राम बहादुर थापा बादलको पुतला दहन गरेको छ।

जनकपुर एयरपोर्टमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको भन्दै प्रहरीले पक्राउ गरिएको राजपाका सांसद साहलाई बिना शर्त अबिलम्ब रिहाइको माग गर्दै राजपा नेता मो कादिरको नेतृत्वमा बिराटनगर को माहाबिरचोकमा पुतला जलाईएको हो। बिरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय बिद्यार्थी संघका संयोजक बिपुल झाले जनप्रतिनिधिले जनताको दुखलाई बुझेर गरेको कार्य सराहनीय रहेको भन्दै सरकार पक्षले गरेको निन्दनीय कार्यको घोर भत्सना गर्दै साहलाई बिना शर्त अबिलम्ब रिहाई नगरे जस्तो सुकै कडा आन्दोलन गर्ने चेतावनी दिनु भयो।

बिरोध कार्यक्रमका संयोजक मो.कादिरले राज्यले जनताको दुख मर्म नबुझ्ने अनि आबाज उठाउनेलाई विभिन्न बहानामा दन्ड सजाय दिने यो सरकारको राबैयालाई अब जनताले कुनै हालतमा नस्विकार्ने बताउनु भएको छ। उनले साहलाई बिना शर्त अबिलम्ब रिहा नगरे कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी  समेत दिए  । बिरोध कार्यक्रममा केन्द्रिय सदस्य तबरेज हक , नगर अध्यक्ष बिनोद गुप्ता, बिद्यार्थी नेता धर्मदेब साह९सिक्कु० लगायत नेताहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]