०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

एयरपोर्टमा प्रचण्डले पत्रकारसँग बोलेनन् , ठिक गरे

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०८, २०७६

विराटनगर, कार्तिक ८
नेकपाका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले शुक्रबार विराटनगर एयरपोर्टमा पत्रकारहरुलाई कुनै पनि प्रतिक्रिया दिएनन् । पत्रकारहरु केहि घण्टादेखि उनको पर्खाइमा एयरपोर्टमा बसिरहेका थिए । तर प्रचण्ड जाहजबाट झर्ना साथ उनलाई लिन आएको गाडीमा चेढेर गन्त्वय तर्फ हुइकिए ।
काठमाडौंबाट उनी दिउँसो १२ः३० बजे विराटनगरमा अवतरण भएका थिए । त्यस लगतै उनी सिधासिधी नेकपा मोरङले आयोजना गरेको दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रम तर्फ हुईकिए ।
पछिल्लो समय भिभिआईपी र भिआईपीसँग मुलुका एयरपोर्टहरुमा प्रतिक्रिया लिने गलत संस्कारको विकास भएको छ । एयरपोर्ट जस्तो अति व्यस्त र संवेदनशिल क्षेत्रमा पत्रकार सम्मेलन गराउनु कुरा कदापी ठिक होइन ।
पत्रकाहरुले मुलुकको विभिन्न एयरपोर्टहरुमा भिआईपी कक्ष भित्र पसेर प्रतिक्रिया लिने गरेका छन् । जुन वाञ्छनीय कार्य होइन ।
एयरपोर्टको भिआईपी कक्ष भित्र कार्यकर्ता भेला हुन, पत्रकार सम्मेलन गर्ने तथा अन्य यस्ता खाल्का गतिविधि गर्न उड्डयन प्रधिकरणले निषेध गरेतापनि शक्तिको आड नियम कानुनहरु नेपालको एयरपोर्टहरुमा मिच्ईरहेका छन् ।
शुक्रबार पनि प्रचण्डलाई स्वागत नेता तथा कार्यकर्ताहरु फुलमाल लिएरै भिआई कक्ष पुगेका थिए । पत्रकारसँग भने नियमकानुन कारणले भन्दा पनि मुड नभएर प्रचण्डले नबोलेको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]