०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

नेवाः देय् दबुले विराटनगरमा निकालो -याली

Logo
प्रकाशित शनिबार, कार्तिक ०९, २०७६

विराटनगर, कार्तिक ९
नेवाः देय् दबु जिल्ला समिति मोरङले नेपाल सम्वत ११४० तथा शुभ दिपावलीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । नेवाः देय् दबुले विराटनगरमा शनिबार झीः पुच भवनमा नेपाल सम्वत तथा दिपावालीको अवसरमा विविद्य कार्यक्रम आयोजना गरि मनाएको हो ।
नेवाः देय् दबु जिल्ला समितिको अगुवाइमा झिःपुच भवनबाट निकालिएको वृहत -यालीले महानगरको विभिन्न भाग परिक्रमा गरि सोही ठाउँमा आएर विभिन्न कार्यक्रमको सुरुवात गरेको थियो । -यालीमा नेवार सामुदायहरूको साँस्कृतिक नृत्य, लाखे नाच, धिने बाजागाजासहित युवा युवतीहरूको सहभागिता रहेको थियो । -यालीपछि आयोजित शुभकामना आदन प्रदान कार्यक्रममा चार जनालाई सम्मानित गरेको थियोे ।

विभिन्न क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै सुन्दरहरैचा नगरपालिका १२ का देवेन्द्र कुमार मास्के, विराटनगर – १० का शुदर्शनबहादुर श्रेष्ठ, डा. विमला श्रेष्ठ र मिना जोशीलाई सम्मान गरेको हो । उनीहरूलाई कदर पत्र र दोसल्ला ओढाएकार विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली तथा नेवाः देय् दवु मोरङका अध्यक्ष सुरेश श्रेष्ठले सम्मान गरेका थिए ।

कार्यक्रममा नेवाः देय् दबू केन्द्रीय समितिका कार्यभाव अध्यक्ष चन्द्रलाल राजभण्डारी, उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज कृष्ण उदास, नेवाः देय् दबूका संस्थापक अभियन्ता तारेन्द्रमानसिंह प्रधान, केन्द्रीय सदस्यहरू अनिल मास्के, लक्ष्मी शाक्य, जयकुमार श्रेष्ठलगायले आफनो जातिय संस्कृतिको संरक्षणमा लागि पर्नुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा नेवाः देय् दबुमा आवद्ध भएका मोरङ जिल्लाभरीका नेवार सामुदायहरूको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]