०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

प्रदेश प्रमुखलाई पदमुक्त गरेको बिषयप्रति कांग्रेसको आपत्ति

Logo
प्रकाशित आइतबार, कार्तिक १७, २०७६

कात्तिक १७, काठमाडौँ 
सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको बिषयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ ।

सरकारको उक्त निर्णयको विषयमा प्रतिक्रिया दिँदै नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले मनपरी निर्णय गरेर द्वन्द्व मात्रै निम्त्याउने बाटोमा लागेको बताए । उनले यस्तो पूर्वाग्रही कदमप्रति कांग्रेसको विमति रहने धारणा व्यक्त गरेका छन । संवैधानिक बाटोबाट नियुक्त भएका प्रदेश प्रमुख हटाउनाले सरकार पूर्वाग्रही सोचबाट ग्रसित भएको कुरा प्रष्ट भएको उनको आरोप छ । प्रवक्ता शर्माले पार्टीका नेताहरुसँगको परामर्शपछि सरकारको उक्त निर्णयको विरुद्ध कसरी अगाडि बढ्ने भन्ने योजना तय गरिने जानकारी दिए ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको आईतबार बसेको बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको थियो । सोही सिफारिशका आधारमा संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेकपाको विरोधका बीच तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई नियुक्ति गरेको थियो । नेकपाको तर्फबाट ओलीले वर्तमान सरकारको नेतृत्व गरेसँगै उनीहरुलाई हटाउन खोजिएपनि कांग्रेसले निरन्तर विरोध जनाउँदै आएको थियो ।

देउवा सरकारले भने प्रदेश १ मा गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वर लाल (कायस्थ), प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णालीमा दुर्गा केशर खनाल र सुदूरपश्चिममा मोहनराज मल्ललाई प्रदेश प्रमुखको रुपमा नियुक्ति गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]