०६ मंसिर २०८१, बिहिबार
21-11-2024 , Thu

पोखराको लागी विराटनगर र भद्रपुरबाट वद्ध एयर उड्ने

Logo
प्रकाशित सोमबार, मंसिर ०९, २०७६

विराटनगर, मंसिर ९
वुद्ध एयरले पोखरालाई गन्तव्य बनाएर पहिलो पटक विराटनगरवाट उडान भर्ने भएको छ । शनिवार वुद्ध एयरले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी उक्त उडान बारे जानकारी गराएको छ ।

विराटनगरका साथै भापाको भद्रपुरवाट पनि वुद्ध एयरका फ्लाइटहरु पोखरालाई गन्तव्य बनाएर उडाइने बताईएको छ । दुवै स्थानवाट आगामी डिसेम्बर १ (मंसिर १५) बाट उडान शुरु गरिने तयारी भइरहेको कार्यक्रममा जानकारी दिइएको छ ।

विराटनगर र भद्रपुरवाट उड्ने यस्ता फ्लाइटहरु काठमाडौं अवतरण गर्दै पोखराको लागी पुनः उडान् भर्नेछन् । वद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत भन्छन् “अहिले भद्रपुर–काठमाडौं–पोखरा र विराटनगर–काठमाडौं–पोखरा यो फर्मेटमा उडान भर्ने हो, विराटनगर भद्रपुरवाट उडेका प्लेनहरु काठमाडौं अवतरण हुदै पोखरा उड्ने हो”  उनले थपे “यो रुटमा यात्रु संख्या बढ्दै गए विराटनगर र भद्रपुरदेखी पोखराका लागी सिधा फ्लाइट समेत उडाउन सकिने छ “

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौं अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै जान थालेको छ । अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएपछि हिमालको मौलिक स्वरुप धमिलिदै जाँदा कालो देखिन थालेको हो ।   धौलागिरि हिमालमा पहिले […]

ताप्लेजुङ,दिलकुमार लिम्बू पछिल्लो समय भौतिक विकासको नाममा प्रकृतिक सुन्दरता मासिदै गएको छ । जताततै ठुला ठुला भौतिक संरचनाहरु निर्माण हुदै गएका छन् । यसले जैविक विविधतामा ठुलो प्रभाव पर्दै गएको देखिन्छ । ताप्लेजुङका धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्राकृतिक भर्जिनिटी तोडी सकिएको छ । तर मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोला क्षेत्र भने अझ सम्म भर्जिन ल्याण्ड रहेको […]

विराटनगर  कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित ‘विराट–बर्जु हाफ म्याराथन’ प्रतियोगितामा  नरेन्द्र सिंह रावल  र रेखा विष्ट प्रथम बनेका छन् । नेपाली सेनाबाट प्रतिनिधत्व गरेका सि‌ंहले पुरषतर्फ २३ किलोमिटर र नेपाल प्रहरीबाट प्रतिनिधत्व गरेकी विष्टले महिलातर्फको ५ किलोमिटर दाैडमा प्रमथ बनेका हुन् । सिंहले विराटनगरको विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको […]