०५ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

“रुम फाइन्डर” काठमाडौंका नँया ठगहरु

कोठा खोजीदिने भन्दै कमिसन खानेहरुको बिगविगी
Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

काठमाडौं, मंसिर २४
काठमाडौंमा कोठा तथा फ्ल्याट खोजी दिने नाममा केही गिरोहहरुले ठगीधन्धा चालउने गरेको खुलासा भएको छ । त्यस्ता गिरोहले विभिन्न रुम फाइन्डर सिर्भिसको नाममा काठमाडौंको विभिन्न स्थानमा कार्यलयनै संचालन गरी सर्वसाधारणलाई ठगी गर्ने गरेको पाईएको छ ।
गिरोहले फेसबुकमार्फत सस्तोमा कोठा तथा फ्ल्याट उपलब्ध भएकाे झुठो जानकारी दिने र ग्राहक सम्पर्कमा आएपछि विभिन्न बाहनामा पैशा असुल्ने गरेको सर्वसाधरणको गुनासो छ ।

स्टिङ अपरेशन
यस विषयमा सत्यतथ्य पत्ता लगाउन जानचर्चाको टोलीले स्ट्रिङ अपरेशन गर्ने निधो गर्यो । सोही अनुरुप हाम्रा संवाददाता (दिनेश खड्का)ले ग्राहक बनी काठमाडौंमा विभिन्न रुम फाईन्डरलाई सम्पर्क गरे ।

एक रुम फाइन्डर सर्भिस र संवाददाता खड्का बिच भएको टेलीफोन कुराकानी :

ग्राहक (संवाददता) : हेलो सर, फेसबुकमा पोष्ट देखेको थिए, १७ हजारमा फ्याट खाली छ रे नि हो ? शंखमुलमा ।
रुम फाइन्डर प्रतिनिधि :  हो त, खाली छ ।
ग्राहक(संवाददता) : आजै देखाउन सक्नुहुन्छ फ्लायट ?
रुम फाइन्डर प्रतिनिधि : हुन्छ, संखमुल टावर तिर अफिस छ , सढे १० बजे खुल्छ, आउनु नि ।
ग्राहक (संवाददता) : आज शनिवार पनि खुल्छ ?
रुम फाइन्डर प्रतिनिधि  : खुल्छ, खुल्छ ।
ग्राहक (संवाददता) : के हो अफिसको नाम ?
रुम फाइन्डर प्रतिनिधि : रोड–क्रम रुम फाइन्डर

संवाददाता खड्काकै शब्दमा
रुम फाइन्डरको गोरखधन्धापत्ता लगाउन म ग्राहक बनी शंखमुलस्थित रोड–क्रम रुम फाइन्डर कहाँ पुगे । क्रसरोड रुम फाइन्डरको आफिस शंखमुल टावरको उत्तरतर्फ ४\५ घर पर र छ । चेपारा र सानो कुचुक्क परेको कोठामा खोलिएको आफिस हेर्दा उसैले काठमाडौंमा राम्रो कोठा नभेट जस्तो मलाई लग्यो । आफिस भित्र एउटा टेवल दुईटा सोफा थियो । अफिस भित्र ३ जना युवाहरु बसेका थिए । मैले उनीहरुलाई नमस्कार गरे । र विज्ञापन अनुसारको संखमुलमा रहेको १७ हजारको फ्लायट देखाउन आग्रह गरे ।
एक युवाले मेरो प्रश्न राम्ररी टुङ्गिन नपाउँदै फ्याट जवाफ फर्काइहाले “भाडा लागी सक्यो, भर्खर १० मिनेट आगाडि”
म चकित भए । उनीहरुले मलाई मुर्ख बनाउन खोजेको मैले सहजै बुझीसकेको थिए । त्यसपश्च्यात उनीहरुले मलाई विकल्पमा महँगा महँगा फ्ल्याटहरु छन् भनी बताए । मैले उनीलाई विकैल्पिक भएपनि फ्ल्याट देखाउन आग्रह गरे । उनीहरुले त्यसका लागी फर्म भर्नु पर्ने सर्त राखे जसका लागी अग्रीम ५ सय तिर्नु पर्ने रहेछ । र ६ हजार कमिसन पनि दिनुपर्ने उनीहरुले बताए ।

ग्राहकलाई सस्तो विज्ञापन देखाएर बोलाउने र ग्राहक सम्पर्कमा आएपश्च्यात कोठा भाडामा लागी सक्यो भन्दै नयाँ कोठा देखाउने बहानामा फर्म भर्न लागाउने र सक्दो पैशा कुम्लाउने उनीहरुको रणनितिनै र छ ।
बुझ्दै जाँदा अन्य कोठा खोज्ने सर्भिसहरुले पनि यसै गरी ठगी गर्ने गरेको पाइयो । मैतिदेवीस्थित हाम्रो रेन्टल सर्भिसले पनि कोठा खोजदिनेभन्दै ग्राहकसँग आग्रम २ हजार बुझ्ने गरेको र घरभाडाको आधा पैशा कमिसन बापत समेत बुझाउनु पर्ने सर्त राखेको पाईयो । मैतिदेवीकै इ–रेन्टले पनि उसै गरि ठगी गर्ने गरेको पाईएको छ ।

हाल काठमाडौंमा ३ दर्जनभन्दा बढी कोठा खोज्ने कम्पनीहरु संचालनमा छन्, ति मध्ये प्राय दर्ता नभएका र दर्ता भएकाले पनि प्रयोजन स्पष्ट नखुलएको पाईएको छ ।
यस्ता ठगी धन्धा गर्ने तर्फ नेपाल प्रहरी र अन्य संबन्धित को ध्यानजान जारुरी देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]