काठमाडाै,पुष १५
व्यवस्थापनले कर्मचारीलाइ अनावश्यक दुख दिएकाे भन्दै हायात होटलमा संचालित क्यासिनो प्राइडका कर्मचारीहरुले अाज २१ बुद्धे माग सहितको ध्यानाकर्षण पत्र सार्बजनिक गरेका छन् ।
लामो समयदेखि क्यासिनोमा कार्यरत कर्मचारीहरुलाई पछिल्लो समयमा कम्पनीले सौतेनी व्यबहार लाद्न खोजेको कर्मचारीहरुको आरोप छ । क्यासिनोका कर्मचारी सोभितमान गिरीले बर्षौं बितिसक्दा पनि कर्मचारीहरुलाई तलब नबढाइ दिएको, सुत्केरी महिलाहरुलाई सुत्केरी अवस्थामा पनि विदा नदिने र बालबालिका हेर्चाह गर्ने शिशु गृह समेत नभएको उनले गुनासो पोखे ।
कर्मचारीलाई विभिन्न बाहना बनाएर दुख दिने गरेको र अब त्यसको प्रतिवाद पनि कर्मचारीले पनि गर्ने गिरीले बताए ।
नेपाल पर्यटन तथा होटल सम्बद्ध क्षमिक संघका अध्यक्ष कञ्चनमान तामाङले आफुहरुले उठाएको २१ बुँदे माग अबको ११ दिन पछि पनि सम्बोधन नभए क्यासिनोका सम्पुर्ण कर्मचारीहरु कालापट्टी बाँधेर विरोधमा उत्रिने चेतवानी समेत दिए । उनले थप्दै भने आन्दोलनमा उत्रन बाध्य पारिए यस्तो परिस्थितिबाट उत्पन्न हुने परिणामको जबाफदेही स्यमं कम्पनीले ब्यहोर्न पर्ने बताए ।
क्यासिनो प्राइडको कर्मककचारी नियमावली २०७२ लाई श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ बमोजिम हुने गरी परिमार्जन गरी लागु गर्न उनिहरुको माग छ ।