०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

वडावासीको गुनासो एक कानले सुन्ने अर्कोले उडाउने

पाँच अघि खनेको बाटो अझै बनेन
Logo
प्रकाशित बिहिबार, पुष २४, २०७६

विराटनगर, पुष २४
विराटनगर ७ का वडा अध्यक्ष हुन् मुधबाबु तिवारी । आर्दश बहुमुखी क्यापस पछाडि रहेको मात्रिका मार्ग सोहि वडामा पर्छ । व्यवस्थित सडक बनाउने भन्दै ५ वर्ष अघि भत्काईएको उक्त मार्ग अझै पनि अलपत्र छ । स्थानीय तहको निर्वाचनपछि जनप्रनिधिले सडक बनाउलान् भन्ने वडावासीमा आशाको किरण पलाएको थियो । तर स्थानीय निकायको चुनाव भएको तिन वर्ष बित्न लागी सक्दापनि उक्त सडक बन्न नसकेको पछि जनताको सबै आशाहरु र जनप्रतिनिधिप्रतिको विश्वास धमिलिन थालेको छ ।
उक्त सडकको विषयमा पटक पटक वडावासीले वडाध्यक्ष तिवारीलाई जानकारी गराईसकेका छन् । तर वडाध्यक्ष तिवारीले जनताको गुनासो एक कानले सुन्ने अर्को कानले उडाउने गरेको स्थानीयहरुको गुनासो छ । वडावासीको समस्याहरु प्रति वडाध्यक्ष तिवारी गम्भीर नभएकाले पनि हालसम्म उक्त सडक बन्न नसकेको स्थानीयहरु बताउँछन् । अर्को तर्फ वडाअध्यक्ष तिवारीले भने उक्त सडक बनाउनको लागी आफुले पहल गरिरहेको प्रतिक्रिया दिएका छन् । बाटो बनाउन लागी थुप्रै घरका पर्खालहरु भत्काउनु पर्ने भएको र पर्खाल भत्काउन घरधनीहरु सकारात्मक नभएकाले बाटो निमार्णको काम अघि बढाउन अफ्ठ्यारो भईरहेको वडाध्यक्ष तिवारी बताउछन् ।
उक्त विषयलाई लिएर वडाअध्यक्ष तिवारी र सोही वडाका वडा सदस्य जितेन्द्र अग्रवालविच पटक पटक विवाद समेत भईसकेको छ । सदस्य अग्रवाल यथासिग्र सडक बन्नुपर्छ भन्ने पक्षमा छन् ।
उक्त सडको बिच्च भागमा ढल र खानेपानीका लागी ठुला ठुला खाल्डो खनिएका छन् । यात्रुहरु बेला बेला त्यस खाल्डोमा बजारिने समेत गरेका छन् । कायाै‌ पटक मोटरसाईकल तथा गाडीहरु उक्त खाल्डोमा परिसकेको स्थानीयहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]