०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

वृद्ध–वृद्धालाई कम्बल, बालबालिकालाई ज्याकेट : सुमनको उपहार

Logo
प्रकाशित शुक्रबार, पुष २५, २०७६

विराटनगर, पुष २५
तराईमा बढ्दै गएको जाडोको प्रकोपलाई मध्यनजर गर्दै मानव सहयोगी हातहरु नामक सामाजिक संस्थाले मोरगको विभिन्न स्थानहरुमा न्यानो कपडा वितरणको कार्यलाई तिब्रता दिएको छ । संस्थाका संस्थापक अध्यक्ष सुमन कालिकोटेको अग्रसरतामा संस्थाले मंसिर पुष महिना भित्र मोरङको विभिन्न स्थानीय तहमा १ हजार थान भन्दा बढी न्यानो कपडा वितरण गरेको छ ।
संस्थाले भर्खरै मात्र (पुष २१ गते) मोरङ्गको रतुवामाई नगरपालिका १ स्थित सोनापुरमा बसोबास गर्दै आएका गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई न्यानो कम्बल र ज्याकेट वितरण गरिएको थियो । जसमा बालबालिकालाई १ सय ५० थान ज्याकेट र वृद्ध–वृद्धाहरुलाई १ सय थान कम्बल वितरण गरिएको थियो ।
यस अघि पनि उक्त संस्थाले विराटनगरको आशोक चोकमा गरिब तथा विपन्न वर्गलाई ६० थान कम्बल वितरण गरिसकेको छ । त्यस्तै हाटखोलाका सुकुम्बासीलाई १ सय थान कम्बल तथा बालबालिकालाई ८० थान ज्याकेट संस्थाले वितरण गरिसकेको छ ।
संस्थाका अध्यक्ष कालिकोटे भन्छन् “मानव सेवा नै हाम्रो संस्थाको उद्देश्य हो, हामी अझै पनि जिल्लामा जाडोबाट प्रभावित गरिब तथा विपन्न वर्गको तथ्याङ्क संकलन गरिरहेका छौं , हाम्रो न्यानो कपडा वितरण गर्ने अभियान जारी रहन्छ”
मनव सहयोगी हातहरुले यस अघि पनि विराटनगर संघिया खोला सरसफाई अभियानमा महत्व पुर्ण जिम्मेवारी निभाएको थियो । मानव सहयोगी हातहरुमा ५ सय भन्दा बढी युवाहरु सक्रिय रहेको र समाजिक कार्यमा सवै युवाहरु मिलेर अघि बढ्ने गरेको अध्यक्ष कालिकोटे बताउछन् ।
समाजिक कार्य गर्न सधैभरी उतपे्ररणा दिने नेकपाका जिल्ला सचिव गणेश उप्रेती तथा मानव सहयोगी हातहरुका ताजिम अन्सारी, वैद्यनाथ कर्ण लागएत सम्पुर्ण सदस्यहरुलाई कालिकोटीले विषेश धन्यवाद व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]