०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

स्वास्थ्यकर्मीले युवतीको पेन्ट फुत्त तानिदिएपछि, हस्पीटलमा भयो बबाल

Logo
प्रकाशित आइतबार, पुष २७, २०७६

विराटनगर, पुष २७
विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराउन गएकी एक युवतीलाई स्वास्थयकर्मीले दुर्व्यवहार गरेको आरोप लागेको छ ।
कम्मर दुख्ने समस्याको उपचार गराउन आएकी किशोरीलाई एक्सरे गरिने कोठा भित्र स्वास्थ्यकर्मीले शुक्रबार दिउँसो दुर्व्यवहार गरेको युवतीको भनाई छ । कम्मर दुख्ने समस्याका कारण २४ वर्षीय ती युवती अस्पताल आएकी थिइन् । अस्पतालका चिकित्सकले तल्लो स्पाईनको एक्सरे गर्न सुझाव दिएका थिए । चिकित्सकको सुझाव अनुसार महिला अस्पताल परिसरमै रहेको एक्सरे कक्ष पुगेकी थिईन । एक्सरे गर्ने क्रममा त्यहाँ खटिएका स्वास्थ्यकर्मी युवाले दुर्व्यवहार गरेको पीडित युवतीले बताएकी छिन ।
एक्सरे गर्ने क्रममा डियुटीमा खटिएका स्वास्थयकर्मीहरुले आफुलाई पैन्ट खोल्न लगाएर दुर्व्यवहार गरेको युवतीको आरोप छ । ‘एक्सरे गर्ने क्रममा डियुटीमा रहेका बीरेन्द्र यादवले आफुलाई पैन्ट खोल्न भनेपछि आफुले ग्राउन मागेको थिए,’ ती युवतीले भनिन्, ‘रेडियोलोजी विभागमा खटिएका यादवले एक्सरे कोठामा ग्राउन नभएको भन्दै आएर पैन्ट फुत्त तानिदिए ।’ यादवले पैन्ट सार्ने निहुँमा आफुसंग दुर्व्यवहार गरेको पीडित युवतीले भनाई छ ।
अस्पतालमा रहेका प्रहरीको टोलीले यादवसहित तीन जनालाई छलफलका लागि अस्पताल प्रशासन र कोशी अस्पतलाका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर संगीता मिश्रा समक्ष लगेको थियो । त्यहाँ भएको छलफलको क्रममा यादवले पीडित युतवीसँग माफी र कोशीमा इन्टर्नसिप गर्न नपाउने गरि घटनाको मेलमिलाप भएको हो ।
उपचार गर्न आएको युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेका यादव विराट मेडिकल कलेजको इन्र्टनसिप गर्न आएका विद्यार्थी हुन् । यता वीरेन्द्रले एक्सरे गर्ने क्रममा रेडियोलिजो विभागमा एप्रोन नभएकोले विरामीलाई कपडा खोलेर एक्सरे गरिने क्रममा सामान्य रुपमा कपडामा छोएको बताए । एक्सरे गर्ने क्रममा छुनु सामान्य रहेको उनको भनाई छ ।
सभार : रातोकलम डट कम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १६ । खाद्य गुणस्तर मापदण्ड उल्लंघन गरेको पाइएपछि प्रख्यात मिठाई उत्पादक आँगन स्वीट्सलाई वाणिज्य विभागले कारबाही गरेको छ । आकाश फुड्स कम्पनीद्वारा उत्पादित आँगन ब्राण्डका मिठाईमा गम्भीर गुणस्तर समस्या भेटिएपछि विभागले २ लाख रुपैयाँ जरिवाना गरेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन दाहालका अनुसार मंगलबार गरिएको अनुगमनमा कम्पनीले बाढीले […]

विराटनगर, भदाै १६ । आत्महत्या रोकथाम सहजिकरण सम्बन्धि तालिम शनिबार विराटनगरमा समपन्न भएको छ । आत्महत्या रोकथाम एंव निरुत्साहित गर्न त्यसको जोखिम र पहिचानका विषयमा साे तालिममा सहभागीहरुलाई प्रशिक्षित गराईएकाे छ । विराटनगर महानगरपालिकाको समन्वयमा साइ डेस्क र वल्डलिंक कम्युनिकेशन प्रा.लिको आयोजनामा दुई दिनसम्म चलेकाे तालिममा विराटनगर महानगरपालिकाका १९ वटै वडा स्वास्थ्यकेन्द्रका प्रमुख ,महानगरपालिकाका स्वास्थ्य […]

सिम्रौनगढ,२९ साउन । माछा खाएपछि झाडापखाला र बान्ता भएका बाराका एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ। उनीहरु एकै घरका हुन् । सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका नरेश रामकी दुई छोरी र एक जना छोराको मृत्यु भएको हो। उनकी ९ वर्षीया छोरी ललिमा राम, ७ वर्षीया पुष्पा राम र पाँच वर्षीय छोरा कृषनन्दन रामको मृत्यु भएको […]