✍ दिनेश खड्का
काठमाडौं, माघ २०
बिहानको करिब सढे छ बजेको थियो । म कलेजका लागी मोटरसाईकलमा नख्खुबाट पुतलीसडकस्थित आरआर क्यापस तर्फ हानिदै थिए । पहिलो घण्टि छुटिसकेको थियो, दस्रो घण्टीे पनि छुट्ला कि भन्ने डरले म अलिक हतार गरिरहेको थिए ।
नख्खुदेखि एकान्तकुनासम्म एकगतिले म हुइकिई रहेको थिए । एकाएक ट्राफिकका तिन जावनहरु बिच सडकमा उभेको देखे । म भन्दा अगाडि दुईवटा चारचक्के गाडी पनि थिए । सबै भन्दा अगाडिको गाडिलाई ट्राफिकले छेके । आगाडिकाे गाडि राकेपछि पछाडि रहेको आर्को चारचक्के गाडि र त्यसपछि रहेको मेरो मोटरसाईकल पनि लाम्बद्ध भएर रोकियों ।
आगाडिको गाडिलाई ति ट्राफिकले छेके मात्र कुनै केरकार गरेनन् । किनभने ट्राफिकको निशाना पछाडिको गाडि बा ११ च ३३४८तर्फ रहेछ । पछाडिको गाडि भाग्ने सम्भावना देखेपछि ति ट्राफिकले आगाडिको गाडिलाई छेकेर पछाडिको गाडी रोकेका रहेछन् ।
आगाडिको गाडिलाई केरकार नगरी पठाएरपछि ति ट्राफिक प्रहरी पछाडीको गाडि बा ११ च ३३४८ टोयटा ईटस तर्फ निकै झोक्किदै पुगे । ट्राफिक जावन रन्केको देखेर म मनमनै ठ्टिए “आज त सलमान खानको दबंग फिल्म ज्यावाखेलको बिच सडकमा देख्न पाईने भो ”
भागीरहेको कुखुरालाई पक्डन जसरी दुई हात फैलाएर कुखुराको बाटो छेकिन्छ, ठ्याक्कै त्यसै गरी ति ट्राफिक दुई हात फैलाएर छेक्नलाई बा ११ च ३३४८ आगाडि पुगे । र गाडिको ड्राईभरलाई झम्टिुला झैं गरी गाडिको ढोका तर्फ लागे ।
त्यो गाडीवालाले ट्राफिक नियम उल्लेघन गरेर वा कुनै अपराध गरेर भाग्न खोजेकोले ट्राफिकले पक्रन खोजेको मैले अनुमान काडे । ट्राफकले इसारा गर्दै डाइभरलाई ढोका खोल्न भन्यो । ट्राफिक निकै हत्तार गरिरहेका थिए । ढोका खोल्नुसाथ झ्म्टुला भन्ने सायद ति ट्राफिक पुलिसको चाहना थियो । ड्राईभरले बडो धैर्यताका साथ विस्तारै ढोका खोले । ट्राफिक सुर्किएर ढोका तर्फ झुक्दै ति ड्राईभरलाई हेरे । ट्राफक जावनले ति ड्राईभरलाई देख्ना साथ सिधा उभिए, हात उचाले र जय नेपाल भन्दै सालम ठोके । त्यसो दृश्य देख्ना साथ मैले गाडि नंब्बर नोट गरिहाले ।
मलाई सर्ट मुभि हेरेजस्तो अनुभुति भयो । म हेरेको हेरै भए । सलाम खाना साथ गाडि हुत्एिर कुपोण्डोलतर्फ हुईकियो । मैले धैरै पछ्याउन सकिन । गाडि मेरो नजरबाट फुत्कियो ।
त्यसपश्च्यात मैले यस विषयमा केही लेख्नुपर्छ भन्ने निधो गरे । गाडि भित्र को थियो ? ति व्यक्तिले के विराएकाे थिए र ट्राफिक उनको पछि लागेको थियो जस्ता धेरै प्रश्नहरु मेरो मनमा खेली रहेका थिए । र समाचार लेख्नका लागी पनि यी सुचनाहरु मलाई आवश्यक थियो ।
तर फेरी मैले सोचे गाडि भित्र जो सुकै होस् । राष्ट्रिपति,प्रधानमन्त्री वा अन्य कोही भिआईपी । जो भएपनि शक्तिको आडमा छुट्कारा कसैले पाउनु हुन्न । नेपालको कानुन सबैलाई बराबर हो । जो कोही भएपनि गल्ती गर्नेलाई कारवाही हुनुपर्थो भन्ने मैले निश्कर्ष निकाले ।
समाचार लेख्नलाई अरु धेरै सुचनाहरु संकलन गरिरहुन पर्छ भन्ने मैले ठानिन । जे देखे सर.. सर.. लेखे ।
आशा गरेको छु, ति महापुरुषले के भएको हो भन्ने विषयमा मलाई पक्का बताउनु हुनेछ । र आर्काे आर्टिकल उनैको भनाईको आधारमा लेख्ने प्रतिक्षा गर्दैछु ।
घटना २०७६ माघ २० सोमबारको ।