विराटनगर, माघ २४
मलाई नेपालको परिक्षा प्रणाली देख्दा अचम्म लाग्छ । १०० पूर्णाङ्कको प्रश्नपत्र आँउछ । प्रश्न पत्रमा लामो र छोटो गरी करिब १० देखि १५ वटा प्रश्न सोधिएको हुन्छ ।
एउटा विषयबाट करिब १ हजार भन्दा बढी प्रश्न निकाल्न सकिन्छ । तर परिक्षाको लागी छनोटमा मात्र १० देखि १५ वटा प्रश्न पर्छन् । किताबमा भएको कुल प्रश्नको ०.०१५ प्रतिशत भन्दा कम प्रश्न मात्र छानिन्छन् र विद्यार्थीलाई परिक्षामा सोधिन्छ ।
जुवामा जोखिम हुन्छ, तैभएर जुवालाई भाग्यको खेल भनिन्छ । योे सिद्धान्तको आधारमा नेपालको शैक्षिक परिक्षा सवैभन्दा ठुलो जुवा हो । किनभने नेपालको शैक्षिक परिक्षामा जुवा भन्दा बढी जोखिम छ । जुन कुरा गणितले पनि पुष्ठी गर्दछ ।
गणीतका अनुसार एउटा डाईसमा दाउ पर्ने सम्भावना १÷६ हुन्छ, प्रतिशतमा (०.१६%) । त्यस्तै तासमा पत्ति पर्ने सम्भावना १÷५२ रहन्छ प्रतिशतमा (०.०१९%) । तर किताबबाट छानिएको प्रश्न पर्ने अधिक्त्तम सम्भावना ०.०१५ प्रतिशत भन्दा कम रहन्छ । यो हिसाबले नेपालको शैक्षिक परिक्र्षा सबैभन्दा ठुला जुवा हो । सोहि कारण पनि नेपालको परिक्षा प्रणालीलाई भाग्य चिठ्ठा प्रणाली भन्दा फरक नपर्ला ।
यस्तो पनि हुन सक्छ
परिस्थित १ (कालपनिक)
राम भन्ने एउटा विद्यार्थी छ । उसले मेहनत गरेर कुनै विषयको ९९ प्रतिशत प्रश्नको उत्तर पढेको छ । तर परिक्षामा प्रश्न भने उसले नपढेको १ प्रतिशतबाट आईदियो भने के होलो ?
परिस्थित २ (कालपनिक)
श्याम भन्ने अर्को विद्यार्थी छ । जसले खासै मेहनत गरेर पढेको छैन् । कतिबमा भएको एक दुई प्रतिशत भन्दा बढी प्रश्नको उसले उत्तर जान्दैन । तर त्यही एक दुई प्रतिशतबाट प्रश्न परिक्षामा आए के होला ?
पक्कै पनि यही दुई कालिपनिक परिस्थितीलाई हेर्ने हो भने , महनेती विद्यार्थी राम फेल हुन्छ र आर्को भाग्यशाली विद्यार्थी श्याम पास हुन्छ । के यो भाग्य चिठ्ठा सरह भएन र ? अब प्रश्न पत्र बनाउनेले गम्भीरता पुर्वक सोच्नुपर्ने समय आएको छ ।
कस्तो हुनुपर्छ परिक्षा प्रणाली
सबै विषयको पाठ्यक्रम(स्लेबस) विश्वविद्यालयले सार्वजनिक गरेको हुन्छ । कुन कुन टपीक(सन्र्दभ) मा एउटा शैक्षिक शत्रमा विद्यार्थीले पढ्नु पर्ने त्योपनि खुलाईएको हुन्छ । त्यही टपीकहरुको बारेमा फ्रि राईटिङग गर्न दिए उपयुक्त हुने जस्तो मलाई लाग्दछ । बरु कतिबटा टपिकको बारेमा लेख्नु पर्ने हो त्यसको शंख्या भने विश्वविद्यालयले तय गर्न सक्ने गरी प्रश्न पत्र बनाइनु पर्ने मेरो धरणा छ । र केही महत्वपुर्ण जन्नैपर्ने टपिकलाई कम्पलसरी बनाएर परिक्षामा लेख्न लगाए आवश्यक कुरा पनि छुट्दैन्थ्यो जस्तो मलाई लाग्दछ ।
तन्काएर लेख्नु पर्ने बाध्यता
सहित्यकारले एक अक्षरमा संसरको वर्णन गर्दिन सक्छ । भन्नुको तत्पर्य कुनै पनि कुरा जिष्ट(सारशं)मा बताउन सकिन्छ । तर नेपालको शैक्षिक परिक्षामा यो फर्मुला काम लाग्दैन् किनभने त्यहाँ नम्बरको सबाल आउँछ । ठुला नंम्बरको प्रश्नलाई लामै उत्तर दिनुपर्छ । गुद्धि कुरा लेखर मात्र हुदैन, नब्बर पाउनलाई गुद्धि छेउछाउका अन्द्रा भुढी कलेजो फोक्सो सबै लेख्नुपर्छ । लेख्न आवश्यक नभएका कुरा पनि थपेर तन्काउनु पर्छ ।
यसै सन्दर्भमा छोटो कथा
भोली क्लास टेष्ट हुन्छ, सबै पढेर आउनु विद्यार्थीलाई सरले भनेछन् । त्यो क्लासमा एक होनहार विद्यार्थी रहेछ । किताबको जुनैपनि प्रश्नको उत्तर दिने सक्ने गरी त्यो होनहार विद्यार्थीले तयारी गरेछ । त्यो दिन सरको घरमा बुढीसँग रातभर केही कुरामा किचकिच भएछ । किचकिचले गर्दा क्लास टेष्ट लिने कुरा सरले भुलेछन् र कुनै पनि प्रश्न बनाएनछन् । भोलीपल्ट विद्यार्थीले टेष्ट लिने कुरा सम्झाए र सरले पनि आफुले नभुले जस्तो गर्दै टिष्टका लागी तयार हुन विद्याथीलाई भने । तर सरसँग सोध्नलाई प्रश्न भने थिएन् । सरले मनमा जे प्रश्न आयो त्यहीँ भनेछन् “गधाँको बारेमा २ हजार शब्दमा लेख ”
क्लास टेष्टमा अलिक धेरै प्रश्न सोध्ने अपेक्षा साथ धेरै पढेर आउने महनती विद्यार्थीहरु रिसले मुर्मुरिए । गधाँको बारेमा २ हजार शब्द के लेख्ने होला भन्दै धेरै विद्यार्थीहरु अक्कनबक्क भए । तर सर कडा स्वभावका भएकाले उनको निर्देशनलाई कसैले प्रतिकार गर्न सकेनन् । बरु सबैले खुरु खुरु लेख्न थाले ।
होनहार विद्यार्थीले गधाँको बारेमा एक दुई सय शब्द लेखेपछि उसले गधाँको बारेमा जानेको कुरा सबै सकियो । त्यसपछि उसले उत्तर तन्काउन थाल्यो र लेख्यो “गधाँ त बास्तवमै गधै हुदा रहेछन्, रातभरी पुरै किताब पढेर आए तर गधाँको बारेमा लेख्नुपर्छ भन्ने मैले कल्पना पनि गर्न सकेको थिइन , गधाँको बारेमा लेख्न नसक्ने म गधाँ हु, गधाँको बारे २ हजार शब्द लेख्न लगाउने सर पनि ठुलै गधा हो ”
यो कथाको सारंस के हो भने कुनै पनि कुरालाई धेरै तन्काए विग्रिन सक्छ । विषयको महत्वअनुसार मात्र कुनै पनि कुरालाई तन्काउदा राम्रो हुने कथाले सन्देश दिदछ ।
हुनत कुनैपनि विषयमा दखल राख्नु नराम्रो कुरा होइन् । त्यसलाई तन्काइको पनि भन्न नमिल्ला तर अन्य महत्वपुर्ण कुराहरुलाई ओझलमा पारेर एउटै कुराको बारेमा मात्र वर्णन गर्न लागाउनु पनि परिक्षामा राम्रो होइन् ।