०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

कराेडौंको कारोबार गर्ने, कर भने नतिर्ने !

विराटनगरको व्यापारी अजय वैद्यको करछलीको भण्डारफोर
Logo
दिनेश खड्का प्रकाशित बुधबार, फाल्गुण १४, २०७६

विराटनगरको मुख्यबजारमा रहेको न्यू संजय ट्रेडर्सले व्यापक करछली गर्ने गरेको रहस्यको खुलासा भएको छ । मासिक करौडौंको कारोवार गर्ने उक्त फर्मले करोबार अनुसार कर दाखिला नगर्ने गरेको स्रोतको दावी छ ।
उक्त फर्मका संचालक विराटनगरका व्यापारी अजय वैद्य हुन् । सो फर्मवाट काजुबदाम लगाएतका ड्राइफुड्स बिक्रिवितरण हुने गरेको छ । स्रोत भन्छ “अूजय वैद्यको दोकान (संजय ट्रेडर्स) बाहिरबाट हेर्दा समान्य किराणाजस्तो छ, तर करोबार कुनै ठुलो उद्योग भन्दा कम छैन्” स्रोत थप्दछ “पसल सानो भएतापनि करोवार करौडौंको हुन्छ, सानो पसल भएकैले होला राजस्वको आँखा उक्त फर्ममा अहिलेसम्म परेको छैन्”
फर्मबाट करौडौंको व्यापार हुने गरेता पनि संचालक वैद्यले राजस्वमा कार्यलयमा वार्षिक १५ लाखको मात्र कारोवार देखाउने गर्दछन् । न्युन व्यापार देखाएर उनले वार्षिक राजस्व पाँच हजार मात्र दाखिल गर्र्दै आएका छन् ।
वार्षिक १५ लाख मात्र करोवार देखाउने संजय ट्रेडर्सको असली करोवार वार्षिक १० करोडभन्दा बढी हुने गरेको स्रोत ठोकुवा गर्दछ । यो तथ्याङको आनुसार अजय वैद्यले १ करोड भन्दा बढी भ्याट र ५० लाखभन्दामाथि आयकर (अनुमानित) बुझाउनु पर्ने हुदछ । तर अजयले भने १५ लाखको मात्र कारोवार देखाएर करौडौं राजस्व तिनुपर्ने ठाँउमा पाँच हजार मात्र तिरेर राज्यलाई ठगी गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विर्तामाेड, कर्तिक १ । हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन झापाको बह्रदशी गाउँपालिकामा लाग्ने फुलबारी मेला बिहीबारबाट शुरु भएको छ। स्टल बुक गरिसकेका व्यापारीहरुले बुधबार रातिदेखि नै मेलामा दोकान लगाउने ताँझाेभाँझाे मिलाइरहेका छन्। केही व्यापारीहरु बिहानआएर मेलामा पसल लगाउन थालिसकेका छन्। फास्ट फुड तथा मिठाई व्यापारीहरुले मेलामा बिहानदेखि नै जुलेबी, निमकी लगायतका खानेकुरा बनाएर बेचबिखन समेत […]

विराटनगर, कार्तिक १ । लामो समयदेखि गाडी नचलाएर बसेकाहरुकाे लागि विराटनगरको जेके ड्राइभिङ स्कुलले विशेष कोर्स ल्याएको छ। स्कुलका संचालक गोकुल थापाका अनुसार चाडपर्वलाई लक्षित गरी ल्याइएको यस अफरमा एक हप्ते रिभिजन कोर्स मात्र रु. ५,००० मा उपलब्ध गराइएको छ। “हाम्रो उद्देश्य सुरक्षित र आत्मविश्वासी चालक तयार पार्नु हो,” थापाले भने। “विशेषगरी लामो समयदेखि गाडी […]

विर्तामाेड, असाेज ३० । कार्तिक १ गते  झापाको फुलवारीमा हुन गईरहेकाे फुलवारी मेलाका लागी जुलेबीको ८० स्टल बुक भइसकेको छ । मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा १०० वटाभन्दा बढी जुलेवीका स्टल बुक हुने अनुमान गरिएको छ। यँहा चटपटेका ६० वटा, फास्टफुडका ४० वटा र खेलौनाका २५ वटा स्टलहरु पनि बुक भइसकेका आयाेजकले जानकारी दिएकाे छ। कुल […]