०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

अभियानता इराकीद्धरा विराटनगरमा निशुल्क मास्क वितरण

Logo
प्रकाशित शनिबार, फाल्गुण २४, २०७६

विराटनगर, फागुन २४
विराटनगरका युवा अभियान्ता चाँद इराकीले एक हजार जनालाई निशुल्क माक्स वितरण गरेका छन् ।
पछिल्लो विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाली समाज समेत त्रसित छ । हालसम्म नेपालमा सो भाइरसको संक्रमण नदेखिएपनि नेपाली बजारमा माक्सको अभाव र कालोबजारी सुरु भइरहेका बेला इराकीले बिराटनगरका बिभिन्न स्थानमा एक हजार जनालाई निशुल्क माक्स दिएका दिएका हुन् ।
‘बजारमा माक्सको आभाव छ, मानिसहरुले सहजरुपमा माक्स खरिद गर्न पाईरहेका छैनन्’ अभियान्ता इराकीले भने ‘मैले आफ्नो तहबाट सक्ने सहयोग गर्न खोजेको हु, मेरो मासिक तलबबाट मैले एक हजार मास्क वितरण गर्दै छु ।’
युवा अभियानता इराकि हाल एनसेलका क्षेत्रिय कार्यलय विराटनगरमा कार्यरत छन् ।
कार्यक्रममा मोरङका प्रहरी प्रमुख उपरिक्षक विश्व अधिकारीले अभियानता ईराकीले गरेको काम उदरणीय भएको भन्दै मुक्त कण्ठले प्रसंशा गरेका थिए ।
नेकपाका युवा नेता ओसिम आलमले पछिल्लो समय मुलुकभर मास्कको कालोबजारी बढ्दै गएको र त्यसलाई रोक्न सरकार गम्भीर नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]