विराटनगर,चैत २३
बडिगार्डसहित किनमेल गर्न हटिया पुगेर लकडाउन उलंघन गरेकाे आराेप लागेका प्रदेश १का राज्य मन्त्री विजय विश्वासले आराेपकाे खण्डन गरेका छन् । मन्त्री विश्वासले जनचर्चा डट कम सँग बाेल्दै आफु हटिया किनमेल गर्न नभएर अनुगमनकाे लागी गएकाे बताएका छन् ।
भिडियाे : मन्त्री विश्वासकाे भनाइ
मन्त्री विश्वास शुक्रबार बडिगार्डसहित माेरङकाे ग्रामनाथ गाउँपालिका स्थित झोराहाटमा लाग्ने साप्ताहिक हाटबजारमा पुगेका थिए । मन्त्री हाटबजार गएकाे विषयलाइ विभिन्न सञ्चार माध्यमले मन्त्रीे हाटबजारमा किनमेल गर्न गएर लकडाउनकाे उलंघन गरेकाे भन्ने आशययुक्त समाचार लेखेका थिए ।
याे पनि पढ्नुहाेस् :मन्त्रीद्धारा लकडाउन उलंघन, स्थानीयवासी आश्चार्य