विराटनगर, चैत २४
लकडाउनको कारण ९ जना पाकिस्थानी नेपालमै थुनिएका छन् । मोरङको सुनबर्षी नगरपालिका – ९ डाँइनियास्थित एक मस्जिदमा ति पाकिस्तानीहरु अहिले शरण लिएर बसेका छन् । उनीहरु धर्मगुरु भएको र लकडाउनका कारण पाकिस्थान फर्कन नपाएको प्रहरीले जनाएको छ ।
ति पाकिस्थानाका साथै सोही मस्जिदमा १० जना भरतिय मुस्लिम धर्मालम्बीहरु समेत शरणार्थ भएर बसेका छन् । उनीहरु सबै जानाले कानुनी प्रक्रिया पुरा गरेर नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ ।
। सप्तरी, सुनसरी र मोरङको केहि मस्जिदहरु अरुपनि यस्ता विदेशी नागरिकहरु हुनसक्ने आशंका गरिएको छ ।