१५ बैशाख २०८२, सोमबार
28-04-2025 , Mon
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

विराटनगरका वडाध्यक्ष र सर्वदलको नेताहरुले राहतको खाद्यान्न घोटाला गर्ने गरेको मेयरको आशंका

Logo
प्रकाशित सोमबार, चैत्र २४, २०७६

विराटनगर, चैत २४
वडाध्यक्ष तथा सर्वदलका नेता मिलेर राहतको खाद्यान्य समाग्री घोटाला गर्ने गरेको विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलले आशंका व्यक्त गरेका छन् । सोमबार शनिबार एक  रेडियोमा अन्तर्वार्ता दिदै मेयर पराजुलीले स्थानीयस्थरमा वडाध्यक्ष र सर्वदलका नेताहरु मिलेर कसरी अनियमितता गर्छन् भन्ने बारेमा व्याख्या गर्दै विराटनगरमा पनि उही परिपाटिले प्रशय पाएकाे बताएका हुन्  ।

आडियाे : कपी राइट दावीका कारण डिलिट गिरीएकाे छ ।  (चाँडै मेयर पराजुलीकाे भनाइकाे डुप्लिकेट कपी तँपाइ समक्ष प्रस्तुत गर्ने छाै‌ )

मेयर पराजुलीले घुमाउरो पारामा धेरै राहत समाग्री पाउनको लागी विराटनगरका वडाध्यक्षहरुले फर्जी नाम सिफरिस गर्ने गरेको बताएका छन् । वडामा ठलो शंख्यामा विपन्न नागरिक भएको फर्जी डाटा देखाएर आवश्यकता भन्दा धेरै राहत समाग्री मगाउने गरेको मेयर पराजुलीले सर्वदलका नेता तथा वडाध्यक्ष माथि आरोप लगाएका छन् ।

के भनेका थिए भिम पराजुलीले जस्ताकाे तस्तै 

“एउटा परिपाटि के छ भन्दाखेरी सर्वदलीय हिसाबमा नाम संकलन गर्नुपर्छ वडाध्यक्षको नेतृत्वमा त्यसपछि स्थानीय जनप्रतिनिधि पार्टिका प्रमुखहरु हुन्छन्,कम्तिमा यो कस्तो हो भनेदेखि नैतिकताको कुरा हो इमानदारीताको कुरा हो । तँपाई कुनै वडाको वडाध्यक्ष हुनुहुन्छ सर्वपक्षिय रुपमा नाम संकलन गरेर ल्याउनु भयो भने नगरपालिकाले त रोक्न सक्दैन, हामीसँग रोक्ने आधारपनि हुदैन, तँपाईले संयुक्तरुपमा छलफल गरेर ल्याएको विषयहरु हो । त्यौ चै मैले(वडाध्यक्ष) के गर्न भन्ने मेरो (वडाध्यक्ष) नैतिकताको विषय हो ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]