०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

विरामी कुरुवालाई निशुल्क खाना : नेपाली कांग्रेस विराटनगरको अभियान

Logo
प्रकाशित सोमबार, बैशाख ०१, २०७७

विराटनगर, वैशाख १
नेपाली कांग्रेस विराटनगरले, नगरको अस्पतालमा रहेका विमारी कुरुवाहरुलाई निशुल्क खाना खुवाउने व्यवस्था गरेको छ । नगरसमितिले हाल नोबल मेडिकल अस्पतालमा रहेको विरामी कुरुवालाई बेलुकीको एक छाक खाना निशुल्क खुवाउदै आएको छ ।
लकडाउनका कारण विरामी कुरुवालाई ओहरदोहर गर्न असुविधा हुने भएकाले यथास्थानमा खाना खुवाउने व्यावस्था गरिएको नगरका उपसभापति प्रविण जोशीले बताए । “अहिले लकडाउनको अवस्था छ, एक त मानिसहरुसगँ रोजगारी छैन त्यसमाथि अस्पतालमा भर्ना भएकालाई त आर्थिक स्रोत जुटाउन झैनै ग्राह हुन्छ” उपासभापति जोशी भन्छन् ” हाम्रो याे अभियानले विरामीको आर्थिक भारलाई थोरै भएपनि हलुको पर्ने हामीले ठानेका छौ ।
उक्त अभियानमा प्रदेश १ का सांसद केदार कार्कीे समेत प्रत्यक्ष रुप संलग्न भई सहयोग पुर्याउदै आएका छन् । विरामीलाई निशुल्क खाना खुवाउने अभियान लकडाउन आवधि भरी जारी रहने बताइएको छ । उक्त अभियानमा लाग्ने खर्च नगर समितिका सबै पदअधिकारी तथा सदस्हरु मिलेर जुटाउदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]