१३ साउन, काठमाडौं
विपक्षी नेपाली कांग्रेस र राजपाले आज संसद बैठक अवरुद्ध गरेका छन् । सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै उनीहरुले रोष्टम घेराउ गरेपछि संसद बैठक अवरुद्ध हुन गएको हो ।
सोमबारको बैठक सुरु हुनासाथ काग्रेस र राजपाका सांसदहरु उठेका थिए । सभामुखले कार्यसूची अगाडि बढाउने बताए लगतै सांसदहरुले रोष्टम घेराउ गरेका थिए । सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै सासदहरुले नाराबाजी समेत गरेका थिए ।