०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

एक ढिक्का भएर करोना विरुद्ध लड्न सबै राजनितिक दललाई सचेत नागरिकको अग्रह

Logo
प्रकाशित शनिबार, बैशाख २०, २०७७

काठमाडौं, वैशाख २०
कारोना विरुद्ध एक ढिक्का भएर लड्न प्रदेश १ का सचेत वर्गले सम्पुर्ण राजनितिक दललाई आग्रह गरेका छन् । उनीहरुले एक अनुरोध–पत्र जारी गरी मुलुकमा मरामारी फैलिएको बेला सबै राजनितिक दल र संगसंगठनहरु एक जुट हुनुपर्ने सुझाव दिएका छन् ।
सारा विश्वभरलाई कारोनाले आक्रान्त बनाईरहेको बेला त्यसविरुद्ध लड्नुको सट्टा नेपालका राजनितिक दलहरु सत्ता र कुर्सी ताना–तानको खेलमा लाग्नु दुखद कुरा भएको पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ “कोभिड–१९ को विश्वव्यापी महामारीले देश आक्रान्त छ । देशको यो बिषम र अकल्पनिय परिस्थिती सामना सवै भएर गर्नु पर्छ । कोरोनाको प्रकोप, जोखिम र क्षतिलाई अहिले नै पूर्वानुमान गर्न सकिने अवस्था छैन । कोरोनासंग सघर्ष गर्नु पर्ने बर्तमान आवश्यकतामा अचानक देशको बदलिदो घटनाक्रमले हामीलाई चिन्तित र मर्माहत बनाएको छ”
प्राध्यापक डा.शुसिल साह, नागरिक अगुवा काशीनाथ चुडाल, कृषक विष्णु बुढाथोकी, लेखक सुजन दाहल, अधिवक्ता दीपक खतिवडा, चिकित्सकद्धय डा. ज्वाला कँडेल र डा.विश्वराज काफ्ले, इन्जिनियर सन्देश लुइटेल, व्यवसायी तेजु प्रसाई, उद्योगी बिपिन बस्नेत, व्यसायी अनिष खनालले संयुक्त रुपमा उक्त अनुरोध पत्र जारी गरेका हुन् ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]