काठमाडौं, जेठ ७
सक्कली मदिरा उत्पादन हुन छोडेपछि नेपाली बजारमा नक्कली मदिराले व्यापकता पाएको छ । लकडाउनभर सरकारले मदिरा बिक्रिबितरण गर्न प्रतिबन्ध लगाएपछि उद्यागीहरुले समेत मदिरा उत्पादन बन्द गरेका छन् । सोही मौकाको फाईदा उठाउदै दुई नम्बरी गर्नेहरुले नक्कली मदिरा उत्पादन गरी नेपाली बजारमा सप्लाई गरिरहेका छन् । र उक्त मदिरा अहिले नेपाली बजारमा लुकाईछिपाई बिक्रिबितरण भईरहेको छ ।
समोबार, ५ सय ३० बोतल नकक्ली रक्सी सहित एक युवक विराटनगरबाट पक्राउ परेपछि नक्कली रक्सीले नेपाली बजारमा पाएको व्यापक्ताबारे खुलासा भएको हो । श्रवन मुख्या नाम गरेका २४ वर्षिय ति युवक नक्कली मदिरा बनाउने समाग्री सहित विराटनगर ६ स्थित आफ्नै निवासबाट पक्राउ परेका थिए । मुखियाले खासगरी सस्तो रक्सीमा रंग र क्यामिकलहरु मिसाई महंगो रक्सीको बोलतमा हालेर बिक्रिवितरण गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।
मुखियाको बयान
सबैभन्दा डरलाग्दो कुरा मुखियाले प्रहरीलाई दिएको बयान हो । मुखियाले प्रहरीलाई दिएका बयानमा बजारभरी यस्तो काम गर्ने मानिसहरु छ्याप्छ्यात रहेको बताएका छन् । नक्कली मदिरामा प्रयोग हुने रंग र क्यामिकलहरु प्राण घातक हुदछ । यदी श्रावनले भने जस्तै प्राणघातक नक्कली रक्सी बनाउने मान्छेहरु बजारमा छ्यापछ्याप्ती छन् भने त्यस्ता गिरोहलाई प्रक्राउ गरी तत्काल त्यस्तो धन्धा बन्द गराउन जरुरी छ, अन्यथा विराटनगरको हालत पनि जनकपुरजस्तै हुनेछ । गत चैत्र महिनामा जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ७ को मुसहरी टोलमा नक्कली मदिरा सेवन गर्दा १५ जनाको मृत्यु भएको थियो ।
घरेलु मदिराले पनि प्रसय पायो
हाल सक्कली मदिरा उत्पादन हुन छोडेपछि नेपाली बजारमा घरेलु मदिराको माग बढेको छ । पछिल्लो समय ठुलो मात्रामा घरेलु मदिरा उत्पादन तथा ओसारपोसार भइरहको छ । गत वैशाख २४ गते मात्र १३ सय लिटर घरेलु मदिरा सहित करोवारीहरुलाई मोरगको ग्रामथानबाट प्रहरीले पक्राउ गरेको थियो । स्वास्थ्यका लागी हानिकारक हुने भएकाले सरकारले घरेलु मदिरा बिक्रिवितरणमा पुर्णरुपमा प्रतिबन्ध लगाएको छ ।
खाने मुखलाई जुंगाले छेक्दैन
राक्सी खानेलाई कसैले वा केहि कारणले पनि रोक्न सक्दैन । सक्कली नपाए नक्कली, नक्कली नपाए घरचुवा जसरी पनि सेवनकर्ताले आफ्नो डोज पुर्याउदछ । यो कुरालाई सरकारले बुझ्न जरुरी छ, लकडाउन भनेकै भरमा रक्सीको लत हट्न सक्दैन । तसर्थ यस्तो अवस्थामा सरकारले सेवनकर्ताहरुलाई सकेसम्म हानिकारक मदिरा सेवन गर्नबाट जोगाउन सक्नु पर्दछ । हानिकारक मदिरा सेवन गर्नेबाट नगारिकलाई वञ्चित गराउनु सरकारको दायीत्व पनि हो । यो दायीत्व पुरा गर्न राज्यले नक्कली र घरेलु मदिरा पुर्णरुपमा बन्द गराउन सक्नु पर्छ । र केही हदसम्म सक्कली मदिरा बिक्रि वितरण गर्न छुट दिन पनि जरुरी देखिएको छ । किनेभने लतलागेकाहरुले सक्कली मदिरा नपाए अवैध (नक्कली + घरेलु) प्राणघातक मदिरा सेवन गर्नेछन् ।
रक्सी खानेले लकडाउन बारदैनन् । सरकारले बिक्रिबितरणमा रोक लागउदैमा सेवनकर्ताहरुले रक्सी पिउन छाेड्ने हाेइनन् । सक्कली मदिरा बिक्रिवितरणमा पुर्णरुपमा बन्देज लगाउने हो भने सवेनकर्ताले अवैध हानिकारक मदिरा सेवन गर्ने पक्कापक्की नै हो ।
यो विषयमा वलैमा ध्यान नदिने हो भने नेपालमा कोभिड १९ले भन्दा बढी नक्कली रक्सीले ज्यान लिन सक्नेछ ।