०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

लकडाउन मोडालिटि परिवर्तनको माग गर्दै विराटनगरमा प्रदर्शन

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

विराटनगर, जेठ २२
लकडाउनको मोडालिटि परिवर्तन गर्न माग गर्दै विराटनगरका साना तथा ठूला उद्योगी व्यपारीहरुले विरोध प्रदर्शन गरेका छन् ।
परिवर्तनका लागि आवाज (भ्वाइस फर चेन्ज)मा आवद्ध करिब २ सय उद्योगी तथा व्यापारीेहरु आज लकडाउनको विरोध गर्दै विराटनगरका मुख्य बजारमा उत्रिएका थिए । विरोध प्रदर्शन पश्च्यात उनीहरुले ८ बुद्धे माग सहितको ज्ञापन पत्र समेत मोरङको प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् ।

ज्ञापनपत्रमा सम्पुर्ण प्रकारको करमा ५० प्रतिशत छुट दिइनु पर्ने, बैंकको बियाजमा ५० प्रतिशत छुट दिईनु पर्ने, र पसल गोदाम भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाईनु पर्ने भनिएको छ ।
उनीहरुले जोर विजोर प्रणाली लागु गरेर सबै खालका पसल तथा व्यावसायहरु संचालनमा ल्याउन दिनु पर्ने माग समेत गरेका छन् ।
विभिन्न पेशा तथा व्यवसायमा आवद्ध व्यक्तिहरु ः रिसब दाहल, प्रविन कुण्डिलिया, प्रविन जैन, गोपाल अग्रवाल, मनोज विक्रम साह, शेरसिहं दुगड, अभिसेक केडिया, सृजन प्याकुरेल, सुनिल धनावत, मोहित अग्रवाल, विजय भगत, नाजिर महोमदको अग्रसरतामा उक्त विरोध कार्यक्रम आयोजना भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विर्तामाेड, कर्तिक १ । हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन झापाको बह्रदशी गाउँपालिकामा लाग्ने फुलबारी मेला बिहीबारबाट शुरु भएको छ। स्टल बुक गरिसकेका व्यापारीहरुले बुधबार रातिदेखि नै मेलामा दोकान लगाउने ताँझाेभाँझाे मिलाइरहेका छन्। केही व्यापारीहरु बिहानआएर मेलामा पसल लगाउन थालिसकेका छन्। फास्ट फुड तथा मिठाई व्यापारीहरुले मेलामा बिहानदेखि नै जुलेबी, निमकी लगायतका खानेकुरा बनाएर बेचबिखन समेत […]

विराटनगर, कार्तिक १ । लामो समयदेखि गाडी नचलाएर बसेकाहरुकाे लागि विराटनगरको जेके ड्राइभिङ स्कुलले विशेष कोर्स ल्याएको छ। स्कुलका संचालक गोकुल थापाका अनुसार चाडपर्वलाई लक्षित गरी ल्याइएको यस अफरमा एक हप्ते रिभिजन कोर्स मात्र रु. ५,००० मा उपलब्ध गराइएको छ। “हाम्रो उद्देश्य सुरक्षित र आत्मविश्वासी चालक तयार पार्नु हो,” थापाले भने। “विशेषगरी लामो समयदेखि गाडी […]

विर्तामाेड, असाेज ३० । कार्तिक १ गते  झापाको फुलवारीमा हुन गईरहेकाे फुलवारी मेलाका लागी जुलेबीको ८० स्टल बुक भइसकेको छ । मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा १०० वटाभन्दा बढी जुलेवीका स्टल बुक हुने अनुमान गरिएको छ। यँहा चटपटेका ६० वटा, फास्टफुडका ४० वटा र खेलौनाका २५ वटा स्टलहरु पनि बुक भइसकेका आयाेजकले जानकारी दिएकाे छ। कुल […]