०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

प्रस्ताव अस्वीकृत भएको झोकमा : रन्किएर संसद भवनबाट बाहिरीन सासंद सरिता (भिडियाे सहित)

नेपालको नँया नक्साले पायो संवैधानिक मान्यता
Logo
प्रकाशित शनिबार, जेठ ३१, २०७७

काठमाडौं, जेठ ३१
समाजवादी पार्टीकी सांसद सरिता गिरीले कालापानी लिपुपलेक लगाएतका क्षेत्र समावेश गरिएको नक्सालाई संवैधानिक मान्यता नदिन भन्दै दर्ता गराएको विद्येयक सभामुखले अस्वीकृत गरेका छन् ।
संसदको शनिबारको बैठक सुरु हुनासाथ सांसद गिरीले उठेर विद्येयकवारे प्रश्न राख्न खोजेकी थिइन । तर सरित गिरीले बोल्न नपाउदै सम्पुर्ण सासंदहरुले टेबल ठोकर सासंद गिरीको प्रतिक्रार गरेका थिए । लगतै सभामुखले सासंद गिरीको संशोधनको प्रस्ताव अस्वीकृत गरेको घोषणा गरेका थिए ।
गिरीेद्धारा दर्ता गरीएको संशोधन प्रस्ताव प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले अस्वीकृत गरीएको सभामुखले गिरीलाई तत्कालै जनाकारी समेत गराएका थिए । उक्त नियमानुसार कुनै पनि विधेयकमा संशोधन दर्ता गराउन ‘विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने र अस्पष्ट वा निरर्थक हुन नहुने’ उल्लेख छ ।
टेबल ठोकेर सबै सासंदहरुले गिरीको प्रतिकार गरेपश्च्यात र सभामुखले समेत उनको प्रस्ताव अस्वीकृत भएको बताएपछि गिरी रन्कीएर संसद भवनबाट बाहिरीएकी थिईन ।

सासंद सरिता गिरी बाहिरीएपछि नयाँ नक्साअनुसार निशानछापलाई संवैधानिक मान्यता दिनुपर्ने बारे दफावार छलफल भएको थियो । जसमा सबै पार्टिका शिर्ष नेताहरुले समेत भाग लिएका थिए ।
छलफलपछि भएको मतदानको बेला सदनमा २५८ सांसद उपस्थित थिए । जसमा सबै सासंदले नेपालको नयाँ नक्सालाई संवैधानिक मान्यता दिनुपर्ने पक्षमा मत दिएका थिए । त्यसलगतै संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुखले घोषणा गरेका थिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]