०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त

Logo
प्रकाशित बुधबार, साउन १५, २०७६

काठमाडौँ, श्रावण १५
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्त भएका छन् । प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिपरिषद विस्तार गर्दै भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिएका हुन् । राष्ट्रपतिले भट्टराईलाइ अबको केही बेरमै सपथ गराउने कार्यक्रम समेत रहेको छ ।
भट्टराई नेकपाका स्थायी समिति सदस्य समेत हुन् । उनी ताप्लेजुङबाट निर्वािचत प्रतिनिधिसभाका सदस्य हुन् । गत फागुन १५ गते तत्कालीन मन्त्री रवीन्द्र अधिकारीकोे हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौं अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै जान थालेको छ । अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएपछि हिमालको मौलिक स्वरुप धमिलिदै जाँदा कालो देखिन थालेको हो ।   धौलागिरि हिमालमा पहिले […]

ताप्लेजुङ,दिलकुमार लिम्बू पछिल्लो समय भौतिक विकासको नाममा प्रकृतिक सुन्दरता मासिदै गएको छ । जताततै ठुला ठुला भौतिक संरचनाहरु निर्माण हुदै गएका छन् । यसले जैविक विविधतामा ठुलो प्रभाव पर्दै गएको देखिन्छ । ताप्लेजुङका धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्राकृतिक भर्जिनिटी तोडी सकिएको छ । तर मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोला क्षेत्र भने अझ सम्म भर्जिन ल्याण्ड रहेको […]

विराटनगर  कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित ‘विराट–बर्जु हाफ म्याराथन’ प्रतियोगितामा  नरेन्द्र सिंह रावल  र रेखा विष्ट प्रथम बनेका छन् । नेपाली सेनाबाट प्रतिनिधत्व गरेका सि‌ंहले पुरषतर्फ २३ किलोमिटर र नेपाल प्रहरीबाट प्रतिनिधत्व गरेकी विष्टले महिलातर्फको ५ किलोमिटर दाैडमा प्रमथ बनेका हुन् । सिंहले विराटनगरको विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको […]