विराटनगर, आसर २०
विराटनगर स्थित म्याक्स इन्टरनेशनल हस्पिटलले सरकारी अनुमति नलिई र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना एन्टीबडी परीक्षण गर्ने गरेको खुलासा भएको छ । कोराना परिक्षण गर्न आउनेसँग अस्पतालले जनही २ हजारदेखि १० हजारसम्म लिने गरेका स्रोतले बताएको छ ।
म्याक्स हस्पिटलले आफ्नै अस्पतालको अधिकारिक लेडरप्याड प्रयोग गरी कारोना नेगेटिभ वा पोजेटिभ रहेको रिर्पोट समेत दिदै आएको छ । प्रदेश १ को स्वास्थ्य हेर्ने सामाजिक विकास मन्त्रालयले हालसम्म कुनै पनि निजि अस्पताललाई काेरोना परिक्षणको लागी अनुमति नदिएको बताएको छ ।