विराटनगर, असार ६
लकडाउनको कारण उद्योग–व्यवसायमा कस्तो असर पुगेको छ ?
कोरोना कहर र लकडाउनको कारण मान्छेले पहिला जसरी काम गर्न पाएका छैनन्, सोही कारण आमदानी पनि घटेको छ । आमदानी नभएपछि मान्छेहरुले खर्च पनि कटौती गरेका छन् ।
खर्च कटौती गरेसँगै बजारमा समानको डिमाण्ड पनि घेटको छ । डिमाण्ड घेटेपछि स्वतः उत्पादन पनि घटेको छ । खाद्यान्य व्यावसाय मात्र अहिले अलिक ठिक अवस्थामा छ । विद्यालय, यतायात तथा होटल त पुर्ण रुपमा ठप्पै छन् । यी क्षेत्रमा सरकारले चाडोभन्दा चाडो राहतको प्याकेज दिन जरुरी छ ।
मारमा परेका क्षेत्रलाई सरकारले कस्तो राहत दिदाँ ठिक होला ?
उद्योगी व्यापारीलाई दिने राहत दाल चामल हुन सक्दैन । सरकारले भौतिक रुपमा राहत दिने होइन , सरकारले नीतिमार्फत राहत दिनु पर्दछ । यसमा कर छुटको कुरा हुनसक्छ, जरिवाना नलिने विषय हुन सक्छ, विद्युत लगाएत अन्य सरकारद्धारा प्रधान गरिने सेवामा छुटको कुरा हुन सक्छ ।
बैंकको कर्जा पनि उद्योगी व्यापारीको लागी ठुलो चुनौती भएको छ । व्यापार व्यवसाय ठप्प भएकोले उद्योगी व्यावसायीलाई कर्जाको ब्याज तिर्न हम्मे हम्मे परेको छ । नेपाल सरकारले नीतिगत रुपमा बैंकको ब्जाय घटाउन जरुरी छ ।
नीतिगत रुपमा सरकारले बैंकको ब्याज घटाउन संभव छ ?
एकदम संभव छ । बचतकर्ताले बचत गरेको पैशानै बैंकले ऋणमा दिने हो । र बैंकको मुनाफा भनेको पनि बचत र ऋणको ब्याजदरको डिफ्रेन्स हो । अहिले फिक्स डिपोजिटमा बैंकले अधिक्तम ७ देखि ९ प्रतिशतसम्म ब्याज दिईरहेको छ । ऋणीसँग १० देखि १२ प्रतिशतसम्म ब्याज लिइरहेको छ । बचत र ऋणको डिफरेन्सबाट अहिले बैंकलाई २/३ प्रतिशत मुनाफा भईरहेको छ । अब बचत र ऋण दुवैमा बियाज दर घटनाउनु पर्यो । कर्जा लिनेलाई अधिक्तम ४ देखि ५ परसेन्ट र बचत गर्नेलाई अधिक्मत २ देखि ३ परेन्ट मात्र ब्याज लिने दिने गर्नुपर्यो । यसो गर्दा बैंकको मुनाफा पनि घट्ने छैन र उद्योगी व्यापारीलाई पनि राहत हुनेछ ।
बचतमा दुई तिन परेन्ट मात्र ब्याज दिने हो भने बचतकर्ताले बचत गर्न छोड्लान नि त ?
अह, छोड्दैनन् । अहिले बैंक संचालकमा पनि यही भ्रम र डर छ । कसैले पनि क्यास पैशा घरमा राख्न चाँहदैन, घरमा राख्न सुरक्षित पनि हुदैन । “नभाको मामा भन्दा कानो मामा वेश” भन्ने उखान ठ्याक्कै यो प्रसंगमा मिल्छ । बचतकर्ताले घरमा असुरक्षित तरिकाले पैशा राख्नु भन्दा दुई प्रतिशतमा बैंकमै पैशा राख्न रुचाउछन् ।
कम ब्याज आउने हुदा बचताकर्ताले बचत गर्न छोडे भने बैंक त डुब्छ नि, हैन र ?
कहिले डुब्दैन् । यो एउटा साईकल हो । जे जसो गरेता पनि अन्तिमा पैशा बैंकमा नै आउने हो ।
हो, ब्याज कम आउने डरले मान्छेले बैंकमा बचत गर्न छोड्न सक्छन्, यो कुरा तपाईले ठिक भन्नु भयो । तर त्यसपछि के हुन्छ त्यता तिर तपाई पुग्नु भएन । बचतकर्ताले बचत नगरे, उनीहरुसँग भएको पैशा कि त उनीहरुले लगानी गर्छन कि त खर्च गर्छन् । लगानी वा खर्च गरे पैशा रोटेशन भएर उद्योगी व्यापारीसँग नै आउने हो र फेरी उद्योगी व्यापारीहरुले पैशा बैंकमा नै राख्ने हो । त्यही भएर यो एउटा चक्र हो, बैंक कहिले डुब्दैन ढुक्क हुनुस् ।
तर यसो गर्दा बचतकर्तालाई घाटा भयो नि त ।
पहिला हामीले हाम्रो कन्सेप्ट किल्यर पार्न जरुरी छ । बैंक भनेको सुरक्षित ढंगले पैशा जम्मा गर्ने ठाँउ हो । व्यापार गर्ने ठाँउ होइन । बचतकर्ताले ब्याजको व्यापार गर्छु भनेर सोच राख्नु नै गलत हो ।
बचतमा ब्याजदर धेरै दिए बैंकले ऋणमा पनि ब्याजदर धेरै लिनु पर्ने हुन्छ । यो कुरा अघिपनि आएकै हो । बचतकै पैशा बैंकले ऋणमा दिने हो र ऋणमा लिएको पैशा उद्योगी व्यापारीले उत्पादक क्षेत्रमा लगाउने हो ।
धेरै ब्याजदरमा उद्योगी व्यापारीले ऋण लिन रुचाउदैनन् । उद्योगी व्यापारीले ऋण नलिए बचतका पैशाहरु पनि ठप्प भएर बस्छ । विकासका कामहरु हुन सक्दैन, वृद्धि विकासमा लगानी हुन पाउदैन, समग्रमा राष्ट्रकै उत्पादन क्षमता घट्छ र सबैलाई घाटा हुन्छ ।
प्राय गरिबले ठुलो रकम बचत गर्न सक्दैन । सोही कारण बचतको ब्याजको आधारमा जिविको पार्जन गर्ने गरिबको सोच हुदैन । ठुलो रकम बचत गर्ने भनेको पुजीपति नै हुन्छन् । त्यही भएर बचतमा ब्याज धेरै दिनु भनेको अनउत्पादक क्षेत्रको पुजीपतिलाई पोश्नु मात्र हो ।
कारोना कहर र लकडाउनले उद्योगी व्यावसायीलाई अरु कस्तो असर पुगेको छ ?
यो शब्दमा बताउन सकिदैन, त्यहीपनि म बुझाउने प्रयास गर्छु । यो लकडाउनमा भएको व्यापार घाटाको कारण व्यापारीहरुले सुसाईड गरेका समाचारहरु सुनिन थालेका छन् । यस्ता समाचार अहिले महिनादिन हप्ता दिनमा सुनिदैछ, अवस्था यस्तै रहने हो भने, अब उद्योगी–व्यापारीले आत्माहत्या गरेको समाचार दिनदिनै सुन्न पाईन्छ ।
व्यापारीले त्यसै आत्माहत्या गर्दैनन्, व्यापारघाटा थेग्नै नसक्ने गरी र आगामी दिनमा रिकभर पनि हुन नसक्ने गरी डुबैपछि मान्छे आत्माहत्या गर्ने अवस्थामा पुग्ने हो । अझ करोना कहर र लकडाउन कहिलेसम्म भन्ने कुरानै निश्चित नभएकाले भोलीको दिनमा रिकभर गरौला भन्ने आत्मबल पनि उद्योगी व्यापारीहरुले गुमाई सकेका छन् ।
तर यती भनीरहदा म के पनि स्पष्ट पार्न चाहन्छु भने आत्माहत्यालाई प्रोत्सान गर्ने पक्षमा भने म पटकै छैन । जबसम्म सास हुन्छ तबसम्म आश मान्छेले छोड्नु हुदैन ।
उपाय के त ?
यति बेला सरकार सेन्सेटिभ हुनुपर्छ । सरकारले उद्योगधन्धा सस्टेन मात्रै हुनेसम्म वातावरण बनाईदिए उद्योगी व्यापारीले आत्माहत्या गर्नुपर्ने अवस्था आउदैन ।
सस्टेन भन्नाले आमदानी ठप्प भएका उद्योग तथा व्यावसायलाई कर्जामा सहुलियत दिने कुरा, करमा, विजुली तथा अन्य सरकारी सेवामा छुट दिने कुरा, जरिवाना नगर्ने आदि हुन सक्छ ।