०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

पुराना टायर भारत तस्करी हुदा नेपाली टायर आयल उद्योगमा कच्चा पदार्थको अभाव

Logo
प्रकाशित शुक्रबार, साउन ०९, २०७७

विराटनगर, साउन ९
पुराना टायरहरु अवैध ढंगले कवाडी मार्फत भारत निकासी हुदा नेपालको एक मात्र टायर आयल उद्योग “गोल्बल बायो इनर्जी” धरासायी बनेको छ । टायर आयल बनाउनको लागी चाहिने कच्चा पदार्थ(पुरानो टायर) नेपालमा आभाव हुदा दिन दिनै टायर आयल उत्पादन घटिरहेको संचालक विनित सिंगानियाले बताएका छन् ।
सिंगानियका अनुसार नेपालमा रहेका पुराना टायरहरु अवैध ढंगले भारत निकासी हुदा स्वदेशी टायर आयल उद्योगलाई कच्चा पदार्थको अभाव भएको छ । तस्करहरुले अवैध तरिकाले (ट्याक्स छलेर) पुरानो टायरहरु भारत पैठारी गर्दा नेपालमा टायर आयल बनाउनको लागी कच्चा पदार्थको अभाव भएको सिंगानियाको गुनासो छ ।
कच्चा पदार्थ आभावको कारण मासिक ३ सय ५० टन टायरको आयल उत्पादन गर्ने क्षमता भएको ग्लोबल बयो इनर्जी उद्योगले हाल २ सय टन टायरको मात्र आयल उत्पादन गर्दै आएको छ । फुल फेजमा मेसिन चलाएर आधा मात्र उत्पादन गर्दा उद्योगलाई ठुलो नोक्सानी भईरहेको संचालक सिंगानियाले बताए ।
नेपालमा उपलब्ध पुराना टायरहरु नेपालकै टायार आयल उद्योगलाई अपुग भईरहेको बेला, पुराना टायरहरु भारत निर्यात गर्न बन्देज लगाउन सिंगानियाले सरकारसमक्ष अग्रह समेत गरेका छन् ।
टायर आयल स्टील तथा अन्य ठुला ठुला उद्योगको मेसिनमा प्रयोग हुने गर्दछ । यसलाई विभिन्न खालका ईन्जीनको फ्युलको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]