०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

हाेशियार! लुडाे खेल्नेलाइ प्रहरीले समात्दै

Logo
प्रकाशित सोमबार, साउन १२, २०७७

काठमाडौँ , साउन १२
के तपाईं लुडो खेल्दै हुनुहुन्छ ? यदि खेल्नुभएको छ भने प्रहरीको फन्दामा पर्नुहोला । सामान्य रुपमा घरमा समय बिताउन लुडो खेल्नु नौलो कुरा भने होइन ।

तर, पैसा नै राखेर बाजी खेल्न थालेको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त कालीमाटीले आइतबार ७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१४, सुनारगाउँमा लुडो खेल्ने र खेलाउने गरेको अभियोगमा ७ जनालाई पक्राउ गरिएको कालीमाटी वृत्तका प्रमुख रुगम कुँवरले जानकारी दिए ।

स्थानीय राजकुमार कार्कीले घरमा पाँच हजार रुपैयाँ लिएर लुडोको बाजी खेलाउने गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रमुख कुँवरले बताए ।

उनीहरुले ३० हजार रुपैयाँसम्मको बाजी खेल्ने गरेको पाइएको कुँवरले बताए । उनीहरुको साथबाट ८७ हजार ५० हजार रुपैयाँ पनि बरामद भएको छ ।

पक्राउ परेका सातै जनाविरूद्ध जुवा ऐनअनुसार म्याद थप गरेर अनुसन्धानन भइरहेको प्रहरीले जनाएको छ ।

राताेपाटी डटकमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विर्तामाेड, कर्तिक १ । हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन झापाको बह्रदशी गाउँपालिकामा लाग्ने फुलबारी मेला बिहीबारबाट शुरु भएको छ। स्टल बुक गरिसकेका व्यापारीहरुले बुधबार रातिदेखि नै मेलामा दोकान लगाउने ताँझाेभाँझाे मिलाइरहेका छन्। केही व्यापारीहरु बिहानआएर मेलामा पसल लगाउन थालिसकेका छन्। फास्ट फुड तथा मिठाई व्यापारीहरुले मेलामा बिहानदेखि नै जुलेबी, निमकी लगायतका खानेकुरा बनाएर बेचबिखन समेत […]

विराटनगर, कार्तिक १ । लामो समयदेखि गाडी नचलाएर बसेकाहरुकाे लागि विराटनगरको जेके ड्राइभिङ स्कुलले विशेष कोर्स ल्याएको छ। स्कुलका संचालक गोकुल थापाका अनुसार चाडपर्वलाई लक्षित गरी ल्याइएको यस अफरमा एक हप्ते रिभिजन कोर्स मात्र रु. ५,००० मा उपलब्ध गराइएको छ। “हाम्रो उद्देश्य सुरक्षित र आत्मविश्वासी चालक तयार पार्नु हो,” थापाले भने। “विशेषगरी लामो समयदेखि गाडी […]

विर्तामाेड, असाेज ३० । कार्तिक १ गते  झापाको फुलवारीमा हुन गईरहेकाे फुलवारी मेलाका लागी जुलेबीको ८० स्टल बुक भइसकेको छ । मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा १०० वटाभन्दा बढी जुलेवीका स्टल बुक हुने अनुमान गरिएको छ। यँहा चटपटेका ६० वटा, फास्टफुडका ४० वटा र खेलौनाका २५ वटा स्टलहरु पनि बुक भइसकेका आयाेजकले जानकारी दिएकाे छ। कुल […]