विराटनगर, साउन १३
कोशी अस्पताल अन्र्तरागत कोभिड १९ सेन्टरमा रहेको कोरोना परिक्षण गर्ने पीसीआर मेशिनमा बिग्रिएको छ । मेसिन मर्मतकोे लागी काठमाडौं पठाउन लागीएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पताल प्रशासनको अनुसार पीसीआर मेसनमा केहिदिन देखि प्राविधिक समस्या आएको थियो । पुरानो मेसिनको लागी काठमाडौं पठाउने र नयाँ मेसिन समेत जडान गर्ने तयारी भईरहेको अस्पताल प्रशासनको भनाई छ ।
उक्त मसिनले दैनिक २ सय ५० वटासम्मको रिर्पोट निकाल्दै आएका थियो ।