०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

“कति राम्रो कति प्यारो, नेपाल देश हाम्रो” : गाना रिलिज

Logo
प्रकाशित मंगलबार, साउन २७, २०७७

काठमाडाैं, साउन २७

गायिका प्रासना शाक्यको आवाजमा “कति राम्रो कति प्यारो, नेपाल देश हाम्रो” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

नेपालको प्राकृतिक सुन्दरता र नेपाल प्रतिको प्रगाढ मायालाई भिडियोमा देखाइएको छ । अनिता सोनीको शब्द सिर्जना तथा संगीतकार भूपेन्द्र रायमाझीको संगीत संयोजन गीतमा रहेको छ । भिडियोलाई निकै आकर्षक र कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

गाना हेर्नु/सन्नुहाेस् 

यज्ञ पराजुलीको छायाँकन किङस मोसन पिचरको सम्पादन तथा सन्तोष सरकारको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा अनिता सोनी, दिपिका सोनी, अनुपमा रिजाल, रेखा पराजुली, आशा अटल, भारती पौडेल, ललिता जाजु, ललिता राठी, मिता आचार्य र कल्पना सिंह कलाकारहरू छन् ।

गीतको शब्द जति कोमल र मर्मस्पर्शी छ त्यसमा रहेको गाएकी र भिडियोको पक्ष निकै उत्कृष्ट छ । गीतलाई सह निर्देशक पवन शाह र निर्माता अनिता सोनी रहेकी छन् ।

इन्टरटेन्मेन्ट खबर डट कमबाट

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कटहरी, भदाै ८ । राजवंशी भाषामा बनेकाे “तोर सङे माया” म्यूजिक भिडियो शनिबार रिलिज भएकाे छ। आर आर म्यूजिक प्रोडक्शन युटूब च्यानलबाट साे म्यूजिक भिडियाे रिलिज गरिएकाे छ। यस भिडियोका मुख्य कलाकारहरू दिनेश राजवंशी र सुस्मीता पाण्डे हुन्। भिडियोलाई आकर्षक बनाउन मुलघाट, धनकुटा, भेजेटार लगायत ६० र ७२ बिघामा रहेको तरराहा सुनसरी जिल्लाको रमणीय स्थलमा […]

विराटनगर, साउन ४। आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताका विजेता तथा रनरअपहरूलाई बिहीबार विराटनगरमा विशेष सम्मान गरिएको छ। जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको कार्यक्रममा गत शनिबार धरानमा सम्पन्न प्रतियोगिताका उत्कृष्ट प्रतिभाहरूलाई सम्मानित गरिएको हो। सम्मानित हुनेहरूमा मिस कोशी २०२४ की विजेता सुनसरी इटहरीकी १९ वर्षीया शुभलक्ष्मी राई, फस्ट रनरअप धरानकी निशा हाङ्मा लिम्बु, सेकेण्ड […]

विराटनगर,२३ असार । विराटनगरमा ‘निदान’ चलचित्रको प्रदर्शन गरिएको छ । सुजल कोइरालाले यो चलचित्र निर्माण गरेका हुन् । कोइरालाले १७ वर्षको उमेरमा यो चलचित्र बनाएका हुन् । चलचित्रमा विद्यमान राजनीति र जनताको भावना अनुरुपका विकास नभएको भन्दै व्याङ्ग्यात्मक टिप्पणी गरिएको छ । शनिबार विराटनगरमा एक कार्यक्रममा बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले चलचित्र प्रदर्शनको सुभारम्भ […]