०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

काेराेना, परिक्षण र सामजसेवा : परिवर्तनकाे कथा

Logo
प्रकाशित सोमबार, भाद्र १५, २०७७

काठमाडौं, भदौ १५
अहिले सारा दुनियाँ कोरोना महामारीको चपेटामा छ । नेपालमा पनि यसको सङक्रमिण दिनदिनै बढिरहेको छ ।
कोरोनाका कारण अहिले देशमा दुई सय एक्काईस भन्दा धेरैले ज्यान गुमाई सकेका छ्न । भने अठ्तिस हजार भन्दा धेरैमा कोरोना पोजेटिभ देखि सकेको छ ।
नेपालमा चैत ७ गते देखी लगभग तिन महिना लामो पुर्ण लकडाउन भयो । लकडाउन भए लगत्तै समाचारका पनि रुपरंग बद्लिए । सबै समाचार कोरोनामय भए ।
नव रोग भएकैले होला मिडियाहरुले पनि कारोनाबारे विभिन्न खाल्का अड्कलबाजी गर्न थाले । तरिका तरिकाले काल्पनिक आकार दिन थाले । जसले जनतामाझ झुटा अफवा फैलाउने र त्रसित गराउने काम भयो ।
लकडाउनका कारण लामो समयसम्म देशका उद्योग कलकारखाना वाध्यतावस बन्द भए । यसको परिणाम स्वरुप धेरैले आफ्नो जागिर गुमाए । यो महामारीका बेला धेरैलाई आफ्नो अनि आफ्नो परिवारको चिन्ता थियो ।यस बिच गरिबले खाना खान नपाएर भोकै रात काट्नु परेका, भोकै हिडेर घरको यात्रा तय गरेका, मानिसहरु घर बाहिर निस्किन नपाउदा सडकका जनावरहरु भोकले छटपटिएका, सिमानामा देश फिर्न महाकालीमा हाम फालेका जस्ता समाचारले सामाजिक सन्जालका भित्ता भरिन थाले ।

जति बेला पनि यस्ता समाचार देख्दा काभ्रेका २५ वर्षिया युवा परिक्षण हुमागाईको मनमा छट्पट्टि हुन थाल्यो । प्राय फुर्सदका बेला टिकटकमा रमाउने परिक्षणले टिकटक पनि बनाउन छाडे । उनी भन्छ्न, “त्यस्तो बिजोकका समचारले म भित्रै भित्र रोई रहेको थिए । र मन शान्त पार्ने उपाय सोच्न तिर लागे ”

परिक्षण भन्छन , मलाई त्यस्ता समाचारले आफु गरिब भएर जन्मेकोमा पहिलो पटक दुःख लाग्यो । म संग आफ्नै समस्या थुप्रै थिए, छन पनि । यस्तो बेला मान्छेले भोगि रहेका दुःखले मलाई नरमाईलो लागिरहेको थियो। केहि त गर्नै पर्छ तैले भनेर मेरो मेरो आत्माले पनि घच्घच्याई रहेको थियो । गर्ने त गर्ने के गर्ने अनि कसरी गर्ने ? यस्तो काममा एक्लै भन्दा पनि समुह बनाएर सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । समुह बनाएर लाग्न पाए सहयोग पनि धेरै गर्न सकिन्थ्यो । एक रात मैले फेसबुकमा यसै विषयमा एक जना मिल्ने साथिलाई कुरा राखे । साथिले त्यति चासो देखाएन् । त्यतिबेला साथिले भनेको कुरा सम्झिन्छु, “यस्तो बेला आफ्नो ज्यान जोगाऔँ, अरुको ज्यान जोगाउन लाग्दा आफ्नो चै धरापमा पर्ला” भनेर व्यागं गर्यो । मैले केहि भनिन । उसको कुरा पनि एकपाटोबाट सोच्दा ठिकै लाग्यो । तर समाजमा बेरोजगारी, गरिबी र भोकले छट्पट्ईरहको मान्छेहरु देख्दा चुप लागेर बस्न मेरो मनले मानेन ।

त्यसपछि हुमागाइले धुलिखेलको युवा क्लवमा आवद्ध साथीहरुमा उनको कुरा राखे ।  “मेरो कुरा साथिहरुले सजिलै कुरा बुझ्नु भयो ” उनी भन्छ्न “मेरो जस्तै मन बेचैनी भएका साथी पाउँदा म अत्यन्तै खुसी भए । त्यै दिनबाटै सबै त्यो बाटो हुदै घर हिडेका पैदल यात्रिहरुलाई खान, बस्नको व्यवस्था मिलाउने काममा खट्न थाल्यौ”
उनी सम्झिन्छ्न “यसरी काम गर्दा कहिले काहिँ रातको बाह्र, एक बजे सम्म बाटोमा पैदल यात्री कुरेर बस्थ्यौ”

क्रम महिना दिनसम्म चलिरह्यो । बिस्तारै दुखको रुप फेरिदै गयो । पैदलयात्री पनि हिड्न छाडे । लकडाउनले कडा रुप लियो । अब दुख सडक हुँदै घरमा पुग्यो । लकडाउनले घरमै बस्नु पर्दा मान्छे घरमै भोकको सिकार हुन थाले ।

एक बिहान उनलाई अपरिचित नम्बरबाट फोन आयो ।
“सर हामी साह्रै अफ्ठेरोमा छौ । हजुरबाट केही सहयोग पाउन सकिन्छकि भनेर फोन गरेको” त्यो फोन काभ्रेकै एक बृद्धआश्रमबाट आएको थियो ।
उनि सम्झिन्छ्न, “म त्यति बेला घर जान भनी हिडेको थिए । साथिले बाईक चलाई रहेको थियो । म पछाडी बसेको थिए । त्यो कलले फेरि मलाई धुलिखेल फर्कायो ।
तुरुन्तै धुलिखेल आएर ,आफुले सकेको रासन अनि केही रकम जम्मा गरेर बृद्धआश्रम तिर लागे ”
त्यो दिनको घटनाले उनी अझै सोच्न थाले, यस्ता कति बृद्धआश्रम, अनाथालय, बालगृह होलान जसले यस्तै पीडा भोगी रहेका होलन ।
त्यो दिनबाट उनी त्यस्ता बृद्धआश्रम, अनाथालय खोज्न थाले जसलाई बाच्न पनि मुस्किल परेको छ । सङ्गै उनले चिनजानका साथीभाई आफन्तसङ्ग पनि सहयोगका लागि भनिदिने गर्न थाले । बिस्तारै उनलाई पिडितको मात्र नभएर सहयोगी मन भएकाहरुको पनि फोन आउन थाल्यो । अहिले उनी पिडित र सहयोग बिच पुलको काम गरिरहेका छ्न् । आएको सहयोग पारदर्शी होस भनी उनले सबै कामको विवरण फेसबुकमा राख्ने गरेका छन् ।

कोरोनाले निम्त्याएको बेचैनी अहिले परिक्षणकाे दैनिकी बनेको छ ।
सडकमा खाना खुवाउनु । सडकका जनावर, विभिन्न आश्रम, अस्पताल पुगेर सहयोग गर्नु उनको पेशा सोच्न थालेका छ्न साथीहरु पनि ।
उनी हाँस्दै भन्छ्न, “पहिला रमाईलो गरौ भनेर फोन गर्ने साथिहरु पनि अहिले यस्तो समस्या भएको मान्छे छ यार भनेर कल गर्छन ।’ यो कामले साथिहरुले मलाई हेर्ने नजर नै बद्लेको छ । वास्तविक खुसी त यो प रहेछ ।”
एक समय मनको अशान्ती मेट्न भनी समाजसेवामा लागेका परिक्षणको अहिले यहि परिचय बनेको छ ।

उनी भन्छ्न, अब समाजासेवालाई पनि जिवनको एक हिस्सा बनाएर अघि बढ्ने सङ्कल्प गरेको छु ।

कसैलाई अफ्ठेरो परेको खण्डमा उनलाई निम्न नम्बरमा 984-3673158 सम्पर्क गर्न
उनीकाे अनुरोध छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]