२८ चैत्र २०८१, शुक्रबार
11-04-2025 , Fri
Gold Silver Price (26 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 173900
Silver 1 Tola Nrs. 1845

औषधीमा ३० प्रतिशत छुट : नेपमेड्स विराटनगरको ओपेनिङ अफर

Logo
प्रकाशित बिहिबार, कार्तिक ०६, २०७७

विराटनगर, कार्तिक ०६
नेपाल कै ठुलो अनलाइन औषधि बेच्ने कम्पनी नेपमेड्सले विराटनगरमा सेवा विस्तार गरेको छ । काठमाडौं र चितवन पछि बुधवारबाट प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा नेपमेड्स संचालनमा आएको हो ।
बिराट मेड्स र आरा ग्रुपको साझेदारीमा बिराटनगर (९ स्थित ग्रीनक्रस असपतालसंगै शो रुम सहित संचालनमा ल्याइएको संचालक सौरभ अधिकारीले बताए । नेपमेड्सले अनलाईन मार्फत पनि औषिधी खरिद गर्ने सक्ने व्यवस्था मिलाएको छ ।

नेपमेड्स नेपालमा सबैभन्दा ठुलो अनलाइन फार्मेसीका रुपमा स्थापित भएको र हालसम्म करीब ४५ हजार भन्दा बढि एप प्रयोगकर्ता तथा २० हजार भन्दा बढी ग्राहकलाई अनबरत रुपमा सेवा प्रदान गर्दै आइरहेको छ । मोबाइलको प्ले स्टोरबाट सजिलै नेपमेड्स डाउन्लोड गरेर प्रयोग गर्न सकिन्छ । औषधिको बारेमा सम्पूर्ण जानकारी एप वा वेबसाईट धधध.लभऊभमक.अयm.लउ बाट लिन सकिन्छ । अझ नियमित रुपमा औषधि सेबन गर्नुपर्ने जस्तै प्रेसर, थाइरइड, सुगर, कोलस्ट्रोल जस्ता बिरामिको लागि त नेपमेड्स बरदान स्वरुप बन्दै आएको छ ।
यसैगरी, नेपमेड्सले हाल आइएमइ पे बाट भुक्तानी गर्दा ग्राहकलाई ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]

काठमाडौँ ,२२ माघ ।  सरकारले आजबाट १६ लाख बढि किशोरीहरूलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन गर्दैछ। यो पहिलो पटक औपचारिक रूपमा राष्ट्रियस्तरमा खोप अभियान सञ्चालन हुन लागेको हो। देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान सफल पार्न […]