०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

ग्याँस विक्रेता संघ मोरङको नेतृत्व साह

Logo
प्रकाशित शनिबार, माघ २४, २०७७

बिराटनगर, माघ २४
एल पि ग्याँस विक्रेता संघ मोरङको अध्यक्षमा गणेश साह सर्वसम्मत रुपमा चयन भएका छन् । शुक्रबार विराटनगरमा सम्पन्न भएको संघको १३ औं अधिवेशनले साहको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुनिल बोहरा, प्रथम उपाध्यक्षमा दीपेन्द्र श्रेष्ठ, द्वितीय उपाध्यक्षमा कल्पना गौतम , सचिवमा सुधिर यादवर सहसचिव सुमन खरेल र कोषाध्यक्षमा सुनिता सिग्देललाई छनोट गरेको छ ।
अधिवेशनलाई सफल बनाउन ग्याँस बिक्रेता महासंघको केन्द्रबाट अध्यक्ष महेश्वर श्रेष्ठ र सदस्य चिरञ्जीवि अधिकारीले सहभागिता जनाएका थिए ।
कार्यक्रममा बेल्दै संघका नवनिर्वाचित अध्यक्ष गणेश साहले जिल्लामा भईरहेको अनाधिकृत ग्याँस बिक्री वितरणको कार्यलाई नियन्त्रण गर्न आफ्नो नेतृत्व आक्रमक भएर लागी पर्ने उद्धघोष गरे । अनाधिकृत बिक्रेताका कारण कालोबजारी बढ्दै गएको जिकिर गर्दै अध्यक्ष साहले आफ्नो नेतृत्वले व्यबसायमा शुद्धीकरणको अभियानको समेत सुचारु गर्ने बताए ।
त्यस्तै कार्यक्रममा बेल्दै संघका केन्द्रीय अध्यक्ष महेश्वर श्रेष्ठले अनाधिकृत बिक्रेता दशैभरी छ्यापछ्याप्ती रहेको भन्दै त्यस्ता बिक्रेताको पहिचान गर्न संघका सबै जिल्लाका नेतृत्वलाई निर्देशन दिए । ग्यास सुरक्षाबारे ज्ञान र तालिम नभएका अनाधिकृत बिक्रेताको कारण उपोभोक्ताको घर र चुलोमा समेत सुरक्षा चुनौती समेत बढीरहेको कार्यक्रमा अध्यक्ष श्रेष्ठले औलाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]