०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

नक्कली उपसेनानी ईटहरीबाट पक्राउ

Logo
प्रकाशित शनिबार, माघ २४, २०७७

विराटनगर, माघ २४
नेपाली सेनाको उपसेनानी हुँ भन्दै ठगी हिड्ने एक व्यक्तीलाई प्रहरीले सुनसरीको ईटहरीबाट पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति पर्सा जिल्ला ठोरी गाउँपालिका ५ का २८ वर्षीय शिवजंग कार्की रहेको प्रहरीले जनाएको छ । उनलाई विभिन्न व्यक्तिबाट ११ लाख बढी रकम ठगी गरेको आरोप छ ।
कार्कीलाई बुधवार इटहरी–६ स्थित सामुदायिक अस्पताल अगाडि नेपाली सेनाको पोसाक लगाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनले सर्वसाधरण व्यक्तिहरुलाई आफू नेपाली सेनाको उपसेनानी हु भन्दै विभिन्न बाहानामा पैशा ठग्दै लिने गरेको प्रहरीको भनाई छ ।
विभिन्न व्यक्तिबाट ११ लाख बढी रकम ठगी गरेको आरेपमा पर्सा जिल्ला ठोरी गाउँपालिका–५ का २८ वर्षीय शिवजंग कार्की भन्ने शिवकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । कार्कीले आफु नेपाली सेनाको उपसेनानी हुँ भदै सर्वसाधारण व्यक्तिहरुलाई ‘रेड मर्करी’ को व्यापार गर्दा फाइदा हुन्छ भनेर प्रलोभनमा पारी ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।
कार्कीको साथबाट नगद ३३ हजार चार सय पचास, विभिन्न बैकका एटीम कार्ड, आईएमई गरेका रसिदहरु, विभिन्न कम्पनिका ४ थान मोबाइल सेटसमेत फेला परेको थियो । उनको बिरुद्धमा ठगी मुद्दा शीर्षकमा सुनसरी जिल्ला अदालतवाट म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको सुनसरी प्रहरीले जनाएको छ । कार्कीलाई सहयोग गर्ने अर्का व्यक्ती सिन्धुली दुधौली नगरपालिका–८ का ३८ वर्षीय बसन्तकुमार खड्कालाई पनी पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया बढाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]